0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला अदालत र महिला कानून ब्यबसायीहरु बीच जिल्ला अदालतमा महिलाहरुका समस्या तथा समसामयिक बिषयहरुमा बिहीबार अन्तरक्रिया गरीएको छ । जिल्ला न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अदालत प्रबेश गरेका महिला तथा बालबालिका सम्बन्धी मुद्धाका समस्या र समाधानका  बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै एडभोकेसी फोरमका संयोजक एवं अधिवक्ता सरला कुमारी पाण्डेले अदालतबाट हुने न्याय सम्पादनमा महिलाहरुका बिषयमा परेका मुद्धा, तिनको समस्या र छिटो छरितो न्याय सम्पादनका लागि महिलामैत्री वातावरणको श्रृजना गरिनुपर्नेमा जोड दिइन । जिल्ला न्यायधीश पौडेलले बाल इजलास तथा बन्द इजलासलाई अझै ब्यवस्थित गरिने प्रतिवद्धता जनाउँदै महिलाहरुसँग सम्बन्धित मुद्धाहरुमा देखिएका समस्याहरुलाइ समयानुकुल सुधार गर्दै लैजाने स्पष्ट पारे । उनले अदालतलाइ महिलामैत्री बनाउदै न्याय सम्पादनको कार्यलाइ सरल र सहज बनाउन अदालतको तर्फबाट आबश्यक भूमिका निर्बाह गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा नेपाल बारका केन्द्रिय उपाध्यक्ष अनिता गुरुङ,   अधिवक्ता  भगवती पहारी, ल्याक कास्की संयोजक शोभा पराजुली, अधिबक्ताहरु भुबन पराजुली, बिनिता नेपाली, जानकी शर्मा, माधबी पाण्डे लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।



Post a Comment

 
Top