0
गोल्डेन न्यूज संवाददाता
नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन कास्कीले शुक्रवार खुल्ला रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदानमा २३ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनका पश्चिमाञ्चल उपाध्यक्ष  धनवहादुर थापाले ४३ औँ पटक रक्तदान गर्ने मालपोत कार्यालय कास्कीका कर्मचारी समेत रहेका दुर्गाप्रसाद घोरासैनीलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  त्यसैगरि एशोसियसनले ७० वर्ष पुरा गरेका लेखापढी व्यवसायीद्धय बेदनिधी दवाडी र गोपाल प्रसाद श्रेष्ठलाई नगद जनही १५ हजार कदरपत्र तथा दोसल्लावाट सम्मान  गरेको छ ।  त्यसैगरि  प्रवेशिका परिक्षा २०७१ मा निजी तथा सामुदायिक विद्यालयमा प्रथम, द्धितिय, त्रृतिय हुने व्यसायीका छोराछोरीहरु एलिशा पराजुली, समित थापा, सरु शर्मा, धनेश कार्की, किरण पौडेल र किशोर पौडेललाई नगद तथा प्रशंसापत्रले पुरस्कृत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि थापाले व्यवसायीहरु आफ्नो पेशाप्रति जिम्मेवार र मर्यादित वन्नुपर्ने र सेवाग्राहीको कामलाई छिटो छरितोरुपमा सम्पन्न गर्न लाग्नुपर्ने वताए । एशोसियसनका अध्यक्ष अम्मरवहादुर कार्की अनिलले व्यवसायीहरु आफ्नो जीवनयापनको लागिमात्र काम नगरेको भन्दै सामाजिक उत्तरदायित्वलाई समेत ख्याल गरेर  केही रचनात्मक काम गर्दै आएको वताए । बृद्ध व्यवसायीहरुलाई सम्मान, रक्तदान, मुटु तथा मृगौलाका विरामीहरुलाई संस्थाले सहयोग गर्दै आएको र  भविष्यमा समेत अन्य सामाजिक कार्यहरु अघि वढाईने प्रतिवद्धता कार्कीको थियो । नापी कार्यालय कास्कीका नापी अधिकृत हरेराम यादवले  नापी कार्यालय, लेखापढी व्यवसायी र मालपोत कार्यालयविच अन्योन्याश्रित सम्वन्ध रहेको र नागरिकलाई सहज सेवा प्रदान गर्न तिनै पक्षको उत्तिकै भुमिका हुने विचार व्यक्त गरेका थिए । एशोसियसनका निर्वतमान अध्यक्ष हरीप्रसाद शर्माले व्यवसायीहरु अझ वढि जिम्मेवार र पेशाको मर्यादा कायम राख्नुपर्ने वताएका थिए । कार्यक्रममा  निजामती कर्मचारी संगठन कास्कीका सचिव भरत भुषालल संस्थाका पुर्व अध्यक्ष बलराम गौतम लगयायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष अम्मरवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक मनवहादुर भुजेल तथा  संचालन सचिव खडानन्द लामिछानेले  गरेका थिए ।






Post a Comment

 
Top