0
गोल्डेन न्यूज संवाददाता
सुर ताल सिजन–२ का अन्तिम १२ प्रतिस्पर्धीहरुलाई उचित मञ्च प्रदान गर्न पोखराको सुरताल इभेन्ट म्यानेजमेन्ट प्रालिले ‘संगीत यात्रा–२०७२’ गर्ने भएको छ । पोखराको सुरताल इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा चैत २२ देखि सुरु हुने संगीत यात्रा २०७३ बैशाख ४ गते समापन हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक प्रशान्त सुनारले जानकानरी दिए। संयोजक सुनारका अनुसार चैत २० गते बागलुङ, चैत २२ गते स्याङ्जाको वालिङ, २४ गते बुटवल, २७ गते चितवनको नारायणगढ, २९ गते लमजुङ, ३० गते दमौली, बैशाख २ गते कास्की, ४ गते काठमाडौंमा लाइभ कन्सर्ट गरिनेछ । ‘सुरताले २०७२ भदौं २६ गतेदेखि देशका विभिन्न १० जिल्लामा गायत तथा नृत्य विधाका प्रतिभाहरुको लागि खुल्ला एकल नृत्य तथा गायन प्रतियोगिता सुर ताल सिजन–२ संचालन गरेको थियो’ प्रबन्ध निर्देशक सुनारले भने–‘ती दुवै विधाका अन्तिम १२ जना प्रतिस्पर्धी लाई उचित मञ्च प्रदान गर्न यो संगीत यात्रा गर्न लागेका हांै ।’ उनले भूकम्प र नाकाबन्दीले आक्रान्त नेपवाली समाजलाई सांगीतिक पुनः ताजगीका लागि पनि विभिन्न ठाउँमा लाईभ कन्सर्ट गर्न लागिएको बताए ।
कार्यक्रम संचालक मन क्षेत्रीले संगीत यात्रामा द एक्स ब्याण्ड, गायक कमल खत्री, योगेश काजी, सन्तोष बस्याल, ओम गुरुङ, बोबी सुनार, रविन खड्का, दिनेश काफ्ले, सुरताल सिजन–२ का फाइनल राउण्डका विजेता, उपबिजेता सहित कार्यक्रम गरिने ठाउँका स्थानीय ब्याण्डहरुको सहभागीता रहनेछ । लाइभ कन्सर्ट हेर्न सहभागीले दुई सय रुपैंयाँको टिकट काट्नुपर्नेछ । देशका विभिन्न ठाउँमा गरिने कन्सर्टको खर्च टिकट बिक्रिबाट र विभिन्न प्रायोजकबाट जुटाईनेछ । सांगीतिक यात्रा लगत्तै सुरतालले भोटिङ सिस्टम नभएको र प्रतियोगिलाई कुनै पनि शुल्क नलाग्ने र बिजेतालाई एक थान स्कुटर पुरस्कार दिइने सुरताल सिजन–३ गर्ने जनाएको छ ।

Post a Comment

 
Top