0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघले  जिल्ला उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकनमा निस्केको प्यूठान उद्योग वाणिज्य संघको प्रतिनिनिमण्डललाई मंगलबार पोखरामा स्वागत ग¥यो । सो अवसरमा दुबै उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच पोखरा र प्युठानका आर्थिक सम्भावनाका क्षेत्र, आपसी सहकार्य तथा देशको  आर्थिक नीति नियमबारे छलफल भएको छ । 
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले प्यूठानको प्रतिनिधिमण्डलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको समस्याबारे चासो नदिएको गुनासो गरे ।  उनले निजी क्षेत्रका समस्या समाधानको लागि महासंघ गम्भीर बन्नुपर्ने  बताउँदै उनले त्यसको लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको एउटै आवाज हुनुपर्ने बताए । 
पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका विविध गतिविधीबारे जानकारी दिँदै अध्यक्ष थापाले सामाजिक उत्तरदायित्व वहनसहितको व्यवसायलाई संघले आत्मसात गर्दै आएको बताए । कार्यक्रममा बोल्दै प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानले अब नेपाल उद्योग वाणिज्य महासंघ पनि संघीय संरचनामा जानुपर्ने बबताए । देशैभर सञ्जाल भएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु बलियो नबने संगठनहरु बलियो हुन सक्ने बताउँदै उनले संस्था सवलिकरणमा विशेष जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेको धन्यवाद तथा महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरा र प्यूठानबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा मिलेर काम गर्न सकिने धारणा पनि राखेका थिए । प्यूठानको स्वर्गद्धारी पर्यटकीय गन्तव्य हो भने पोखरा आफै पर्यटकीय राजधानी हो । पोखरा आएका पर्यटकलाई प्यूठान र प्यूठान आएका पर्यटकलाई पोखरा ल्याउन पर्यटन व्यवसायीबीच सहकार्य हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ईश्वर कर्माचार्य, सीता गुरुङ, दामु अधिकारी,प्यूठान उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामचन्द्र पौडेल, कार्यसमिति सदस्य दधिराम भण्डारी, होटल व्यवसायी जनक केसीलगायतले दुबै उद्योग वाणिज्य संघहरु बीचको सहकार्य एवं व्यक्तिगत रुपमा व्यवसायिक साझेदारीबारे समते आ–आफ्नो भनाइ राखेका थिए ।









Post a Comment

 
Top