0
गोल्डेन न्यूज संवाददाता
१२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई पोखरामा भब्य स्वागत सहित सम्मान गरिने भएको छ । पोखराको सहारा क्लबको ब्यवस्थापनमा शनिबार पोखरामा नगरपरिक्रममा सहित सम्मान गर्ने तयारी गरिएको मंगलबार पत्रकार सम्मेलनका आयोजना गरि जानकारी दिइएको हो । २५ जना खेलाडीलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिने सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आर्चायले जानकारी दिए ।
गत फागुन माघ २२ गतेदेखी फागुन ४ गतेसम्म भारतमा भएको सागमा नेपालले ३ वटा स्वर्ण पदक जितेको थियो । नेपालले पुरुष फुटवल, नेपालकी उसु खेलाडी निमा घर्तीमगर र जुडोमा फूपू ल्हृयामु खत्रीले स्वर्ण पदक जित्नु भएको थियो । सागमा स्वर्ण जितेर नेपालको सान, मान र प्रतिष्ठा उच्च बनाएकाले स्वर्णधारी खेलाडीलाई सम्मान गर्न लागिएको अध्यक्ष आर्चायले बताए । अध्यक्ष बिरभद्र आचार्यले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई बिजयोत्सव रर््याली निकालेर अभिनन्दन गरिनुका साथै पोखरा रंगशालामा विशेष कार्यक्रम गरेर सम्मान गरिने बताए । पोखराको चिप्लेढुङ्गाबाट खेलाडीहरुलाई भ्यानमा राखेर विभिन्न सांस्कृतिक झाँकी र पञ्चेबाजासहित नगर परिक्रममा गराइने छ । 
न्यूरोड, सभागृहचोक, पृथ्वीचोक हुँदै पोखरा रंगशालामा पुगेर सम्मान कार्यक्रममा परिणत हुनेछ ।
१३औं सागका खेलहरु पोखरामा गर्न पोखरेली तम्तयार छन् भन्ने सन्देशसहित पोखरालाई खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सघाऊ पुर्याउन पनि सम्मान कार्यक्रम आयोजना गर्न लागिएको क्लवका उपाध्यक्ष केशबबहादुर थापाले उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद सदस्य फत्तबहादुर गुरुङले सम्मानले खेलाडीको मनोवल उच्च बनाउने बताउदै यस क्षेत्रबाट सहभागी खेलाडिलाई पनि सम्मान गर्न सके सवैको हौसला बढने बताए ।

Post a Comment

 
Top