0
गोल्डेन न्यूज संवाददाता
मोवाईल दुनियाँमा आफ्नो विशिष्ट राज गरिरहेको सामसुङको बहुप्रतिक्षित ग्यालेक्सी एस सेभेन एज र एस सेभेन शुक्रवारदेखि पोखरेली मोवाईल पारखीले पनि प्रयोग गर्न पाउने भएका छन् । पोखरास्थित सामसुङको आधिकारीक विक्रेता वल्र्डवाईड कनेक्सनले पोखराको महेन्द्रपुलस्थित वल्र्डभिजन मोवाईल हबमा पछिल्लो सिरीज ग्यालेक्सी एस सेभेन एजको विक्रि शुभारम्भ गरेको हो । विक्रि आरम्भ गर्दै सामसुङका नेशनल विक्री प्रबन्धक राम श्रेष्ठले मोबाईलका विशेषताबारे जानकारी गराएका थिए । उनका अनुसार यो मोबाईल अन्यको कम्पनीद्वारा उत्पादित मोबाईलको तुलनामा आकर्षक र विविधतापूर्ण रहेको छ । ५.५ ईन्च त्तज्म् सुपर एमोल्डसहितको डिस्प्लेसहित एस सेभेन एज र ५.१ ईच डिस्प्ले साईजमा एस सेभेन रहेको छ । थ्रीडी ग्लास डाईमन्सन, १२ मेगापिक्सल म्युअल क्यामेरा, ३२ जिबी ईन्टरनल स्टोरेजसहित २०० जिबी एक्सटर्नल मेमोरी क्षमताको यो मोबाईलमा ११ घण्टासम्म लगातार भिडियो हेर्न सकिनेछ । यसका अलाबा यो मोबाईल फोनको महत्वपूर्ण विशेषतामा आधा घण्टासम्म पानीमा डुबेपनि कुनै असर नगर्ने हो ।
पछिल्लो समय नयाँ नयाँ भर्सनका मोबाईल पारखिहरुका लागि यो फोन आकर्षक र सुविधासम्पन्न बन्ने विश्वास पोखरास्थित आधिकारीक विक्रेता वल्र्डवाईड कनेक्सनले दाबी गरेको छ । बिशेषगरी पोखरामा युवापुस्ता र ब्यबसायीहरुमाझ लोकप्रिय रहने विश्वास गरीएको एससेभेन एज र एस सेभेन सिरीजको मुल्य क्रमश ८८ हजार ९ सय रुपैया र ७७ हजार ९ सय रुपैया रहेको वल्र्डवाईड कनेक्सन तथा वल्र्ड भिजन मोबाईल हबका सञ्चालक शुशिल कुमार गुरुङले जानकारी दिएका छन् । विक्रि शुभारम्भकै अवसर पारेर शुक्रवारसम्म तीसजना भन्दा बढी ग्राहकले सामसुङ ग्यालेक्सी एस सेभेन एजको बुकिङ गरीसकेको पनि गुरुङले बताए । शुभारम्भकै अवसरमा शुक्रवारसम्म बुकिङ गरेकाहरुलाई डिजीटल घडी सहितको आकर्षक पेनस्ट्याण्ड उपहारस्वरुप प्रदान गरिएको थियो ।




Post a Comment

 
Top