गोल्डेन न्यूज संवाददाता
विभिन्न कार्यक्रम गरी कास्कीमा ५९औं राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । सहकारी दिवस मनाउन ७ सय १ सदस्यीय मूल समारोह समिति गठन गरेर तयारीलाई तीब्र बनाइएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैत १६ देखि २० गतेसम्म विभिन्न कार्यक्रम गरिने जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष तथा सहकारी दिवस मूल समारोह समितिका संयोजक रविरमण तिवारीले जानकारी दिए। ११ वटा उपसमिति र १७ सदस्यीय सचिवालय गठन गरिएको उनले बताए । सहकारी दिवस मनाउने क्रममा चैत १६ मंगलबार साइकल ¥याली गर्ने कार्यक्रम रहेको प्रचार–प्रसार संयोजक तथा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले जानकारी दिए ।
स्वास्थ्य जीवन र स्वच्छ वातावरणका लागि साइकल ¥याली आयोजना गरिएको साइकल ¥याली कार्यक्रम संयोजक बलराम गौतमले जानकारी दिए । पोखरा सभागृहबाट सुरु हुने साइकल ¥याली न्यूरोड, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंहचोक, बुद्धचोक, पृथ्वीचोक, एयरपोर्ट, विरौटाचोक, ड्यामसाइड, सहिदचोक हुँदै जिल्ला सहकारी संघको कार्यालयमा पुगी कोण सभामा परिणत हुने गौतमले जानकारी दिए । साइकल ¥यालीलाई भव्य बनाउनका लागि तयारी भइरहेको गौतमले बताए ।
त्यसैगरी चैत १७ गते बुधबार सरसफाइ कार्यक्रम हुँदैछ । ‘हाम्रो पोखरा, राम्रो पोखरा अभियान’ अन्तर्गत सडक तथा मठमन्दिर सरसफाइ गर्ने कार्यक्रम छ । कास्की जिल्लाका सहकारी संघसंस्थाको अगुवाइमा आआफ्नो कार्यालय परिसर, सडक, नजिकैको चोक, मठमन्दिर र सार्वजनिक चोक सरसफाइ गरिने सरसफाइ कार्यक्रम संयोजक सन्तु सुवेदीले जानकारी दिइन् । चैत १८ गते बिहीबार अन्तरक्रिया कार्यक्रम हुने भएको छ । संशोधनका क्रममा संसदमा प्रस्तुत सहकारी ऐन र सरकारी अभियान तथा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी विषयमा वृहत् छलफल गरिने प्रचार–प्रसार संयोजक गुरुङले जानकारी दिए । शिवजी कोइरालाको संयोजकत्वमा अन्तरक्रिया कार्याक्रम हुँदैछ ।
सहकारी दिवस मनाउने क्रममा चैत १९ गते शुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जिल्ला सहकारी संघ परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक धर्मराज अर्यालले जानकारी दिए । रक्तदान कार्यक्रममा सहकारीकर्मीहरुको उल्लेख्य उपस्थिति रहने अर्यालको दावी छ । चैत २० गते प्रभातफेरी, सहकारी सम्मान, पुरस्कार वितरण, समापन तथा दीपावली कार्यक्रम हुँदैछ । ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ नाराका यस वर्ष सहकारी दिवस मनाउन लागिएको हो । हरेक वर्ष चैत २० गते नेपालमा राष्टिूय सहकारी दिवस मनाइन्छ । सहकारी दिवस मनाउने क्रममा कास्कीमा पनि वर्षेनी विभिन्न कार्यक्रम हुँदै आइरहेका छन् ।
Post a Comment