0
स्थानीय सरकारी तथा गैरसरकारी सरोकारवालाहरुको लागि २ दिने जिल्लास्तरीय क्षमता विकास तालिम शुक्रबार पोखरामा सम्पन्न भएको छ । गर्भ पहिचान गरि गरिने गर्भपतन न्युनिकरण गर्न तथा गर्भमा रहेका शिशु बालिकाहरुको हक अधिकारका बारेमा आवाज उठाउनका लागि शुरु भएको विटिवि परियोजना अन्र्तगत तालिम भएको हो । स्थानीयस्तरमा लैंगिकमैत्री सेवा विस्तारका लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी तालिम निर्देशिका निर्माण गर्ने सम्बन्धमा जिल्लाका सरोकारवालाहरुको सुझाब संकलनका लागि वल्र्डभिजन एड्भोकेसी फोरमको आयोजनमा तालिम भएको सिविन पोखराका प्रमुख प्रेम सोङ्गमेनले बताए । तालिममा श्रोतव्यक्ति कोपिला रिजालले तयार पार्नुभएको निर्देशिका नमुना अन्र्तगत रहेर किशोरी तथा बालबालिकाको पृष्ठभूमि, परिभाषा, यससम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट भएका पहल, प्रावधान, लक्ष्य, लैंिगक हिंसा, नेपालमा गर्भपतन तथा लिंगका आधारमा हुने गर्भपतन लगायतका बारेमा छलफल भएको थियो । यूरोपियन यूनियनको आर्थिक सहयोगमा सिविन नेपाल, वल्र्डभिजन एड्भोकेसी फोरम, कृपा र आईसिडिआईको संयुक्त पहलमा सन् २०१५ देखि ०१७ सम्मका लागि परियोजना शुरु भएको हो । परियोजना कास्कीसँगै काठमाण्डौं, भक्तपुर, चितवन, रुपन्देही र सुर्खेत जिल्लामा संचालित छ ।












Post a Comment

 
Top