0
गोल्डेन न्यूज संवाददाता
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्री स्तरीय बैंठकको लागि कार्यक्रम स्थल होटल पोखरा ग्राण्डका सबै रुम बुक भएका छन् । पाँच तारे होटलमा रहेका सबै कोठा सार्कका पाहुनाको लागि बुकिङ भएका छन् । होटलमा रहेका सबै हलमा बैंठक तय भएका छन् । होटलको १० वटा स्वीट रुम र एक बअसय ३० वटा डिलक्स रुम बैंठकमा सहभागीका लागि बुकिङ भएका हुन् ।  बैंठकमा सहभागी हुने सार्क सदस्य मुलुकका विदेशमन्त्री, सचिव, सह–सचिव तथा राजदूतहरु सबै ग्राण्डमै स्नेछन् । सोमवारबाट सह–सचिव स्तरीय कार्यक्रम समितिको बैंठक सुरु भएपनि मंगलवारदेखि बिहीवारसम्म अन्य कुनैपनि पाहुना होटलमा रहने छैनन् । बैंठकमा सहभागी पाहुनाको रोजाइ अनुसारको खानाको लागि छुट्टै मेनु पनि तयार गरिएको छ । होटलले यो वैंठककै लागि झण्डै ५० लाख रुपैयाँ लगानी गरी सुविधा विस्तार गर्नुको साथै पूर्वाधार थप गरेको छ । यसअघि ८ वटा स्विट रुम रहेको होटलमा १० लाख खर्चिएर दुई वटा स्विट रुम थप गरिएको होटलका कम्पनी सक्रेटरी चिरञ्जीवी आचार्यले बताए । त्यस्तै होटलको गेट सहित पार्किङ क्षेत्रमा १५ लाख रुपैयाँ खर्चिएर पिच गरिएको छ । होटलको रंगरोगन सहित बैंठक सञ्चालन हुने हलमा नयाँ कार्पेट विच्याइएको छ । परराष्ट्र मन्त्रालयको सुझावको आधारमा एउटै रंग र कम्पनीको ९ वटा माइक्रो र ९ वटा कार तयार पारिएको छ । 
राजधानी वाहिर पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय बैंठक आफ्नो होटलमा गर्न पाउदा निकै खुसी भएको आचार्यले बताए । बैंठक तयारीका लागि अहिले गरिएको खर्चलाई विजनेस प्रमोशनको रुपमा लिएको उनले बताए ।  स्रोतका अनुसार बैंठकमा सहभागी हुन आएका पाहुँनालाई सकेसम्म पोखराका धेरै पर्यटकीय स्थल घुमाउने तयारी छ ।








Post a Comment

 
Top