0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक –९ पोखराको आयोजनामा घरदैलो कार्यक्रम सम्पन्न भउको छ ।  सेवा केन्द्रका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको  अध्यक्षतामा पोखरा उपमहानगर पालिका वडा नं– ७ स्थित चोरसाघु, प्रगती नगरका वडा एरियाहरुमा सचेतना मुलक घरदैलो कार्यक्रम सम्पन्न भएको हो । वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र गोदारको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा सोही वडा एरियाहरुमा हाल वर्तमान समयमा तिव्र रुपमा दिनानुदिन वढ्दै गईरहेको चोरी, डकैती, लुटपाट, एंव लागुऔषध दुव्र्यशनि र समाजमा हुने विकृति विसंगति न्यूनिकरण तथा लागु औषधको प्रयोगवाट हुने असरवारे सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।  घरदैलो कार्यक्रममा जाने क्रममा फेला परेको २०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई स्थनिय संघ संस्थाको रोहवरमा नष्ट गरियो ।  कार्यक्रममा स्थानिय टोल विकास संस्थाका अध्यक्ष प्रकाश भुजेल एंव आमा समुहका अध्यक्ष श्रीमाया गोतामेले सामुदायिक सेवा केन्द्रले यसरी घरघरमा आएर जनचेतना जगाउने कार्य गरेको र विकृति विसंगति नियन्त्रण गर्ने कार्य गरेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रम आजमात्र नभई समयानुसार वेला वेलामा निरन्तरता दिनु पर्ने र त्यसमा यहाका संघ संस्था सहकार्य तथा सहयोग गर्न तयार रहेको बताए । सेवा केन्द्रका कार्यसमिति कार्यरत प्रहरी कर्मचारी,सहयोग उप समिति, वडा प्रहरी बैदाम, सि.आर.भि पृथ्वीचोक पोखरा उपमहानगर पालिका वडा नं–७ चोर साघुका विभिन्न संघ संस्थाका पदाधिकारी समेत गरी ४५ जनाको सहभागीतामा अन्दाजी ९० घर धुरीमा चोरी ठगी लुटपाट तथा लागु औषधको प्रयोगवाट हुने असरवारे सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले कार्यक्रमको महत्वको बारेमा प्रष्ट पार्दै सामुदायिक सेवा केन्द्रले यस्तो सचेना मुलक कार्यक्रम अभियानकै रुपमा  सवै वडा एरियामा गरिने प्रतिवद्धता जनाएको संस्थाका सचिव धर्मदत्त आचार्यले जानकारी दिए ।















Post a Comment

 
Top