गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा विष्णुप्रसाद बाँस्तोला निर्वाचित भएका छन् । लायन वर्ष २०१६÷१७ का लागि क्लबले नयाँ नेतृत्व चयन गरेको हो । क्लबको दोस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा देवी तिमिल्सिना, तृतीय उपाध्यक्षमा रूक्मागत भण्डारी (विश्वास) र सचिवमा सुरेन्द्र पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
क्लबको कोषाध्यक्षमा सुनादेवी श्रेष्ठ (मल्ल), सहसचिवमा दधिराम दाहाल र सह–कोषाध्यक्षमा विजय पाठक निर्वाचित भएका छन् । पि.आर.ओ.मा विकास भुर्तेल, एम.सि.पि.मा श्रीकान्त चापागाईं, टेमरमा दीपेन्द्रराज आचार्य, टेल टुइस्टरमा रामजी नेपाली निर्वाचित भएका छन् ।
डाइरेक्टरमा होमप्रसाद श्रेष्ठ, लोकनाथ भण्डारी, बुद्धि भण्डारी, हरि थापा, मनोज केसी र पोषबहादुर भुजेल चयन भएको वर्तमान अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए । निर्वाचन मण्डलमा जोन चेयरपर्सन एमजेएफ मदन द्वा, क्लबका अध्यक्ष कृष्णराज पोखरेल र टेमर दुर्गाबहादुर थापा थिए । अधिवेशनको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जोन चेयरपर्सन एमजेएफ मदन द्वाले सामाजिक क्षेत्रमा लायन्स क्लबले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।
Post a Comment