0
गोल्डेन न्यूज संवाददाता
चौथौ राष्ट्रिय स्लालोम कायक प्रतियोगितामा राजेन्द्र गुरुङ प्रथम भएका छन् । पोखराको हेमजास्थित सेती नदीमा आयोजना भएको प्रतियोगितामा १ सय २२ जनालाई पछि पार्र्दै गुरुङ प्रथम भएका हुन् । उनले नगद १० हजार र मेडल प्राप्त गरे । चौथौं पर्वतीय खेलकुद महोत्सव अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा सोम मगर दोस्रो हुँदै नगद ७ हजार रुपैयाँ र मेडल जित्दा जीवन गुरुङ तेस्रो हुँदै नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। सेती नदीको दुई सय ५० मिटर दुरीमा प्रतियोगिता संचालन गरिएको थियो । नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघले हरेक वर्ष पोखरामा प्रतियोगिता संचालन गदै आएको अध्यक्ष मनबहादुर न्यौपानेले बताए । पोखराको हेमजास्थित सेती नदीमा कायकका लागि विश्वकै उत्कृष्ट स्थलमा पर्ने अध्यक्ष न्यौपानेले बताए । 
प्रतियोगितामा विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, संघका उपाध्यक्ष सन्तोष पन्त लगायतले पुरस्कार विरतण गरेका थिए । खोला नभएका स्थानमा कृत्रिम बाधा उत्पन्न गरेर खेलाईने प्रतियोगिता नेपालमा खोलामा खेलाईने गरिएको छ । विदेशीहरुले समेत नेपालको खोला नालालाई प्रतियोगिताको लागि उत्तम स्थानको रुपमा लिएका छन् ।

Post a Comment

 
Top