0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ १७, ठुलढुंगा गण्डकीवेसीमा रहेको समाज सुधार आमा समूहको सक्रियतामा सेती नदी किनारमा रहेको मसिनोसोतो घाटमा प्रतिक्षालय निर्माण गरिएको छ । शव दाह गर्न जाँदा मलामीलाई असिना पसिना, हावाहुरीबाट बँच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीयको सहयोग संकलनबाट १ लाख ८३ हजार रुपैयाँमा उक्त प्रतीक्षा निर्माण गरिएको हो ।
प्रतीक्षालयको सभासद् वृन्दा रानामगरले उद्घाटन गर्दै आमा समूहको सामाजिक कार्यप्रति प्रशंसा गरिन्। उनले दिदीबहिनीबाट भएको काम पारदर्शी, छिटो र विश्वासनीय हुने बताइन् । कार्यक्रममा सरस्वती टीका बहुमुखी क्याम्पसका संस्थापक प्रमुख डिल्लीराम बराल, नेपाली काँग्रेस लेखनाथ सभापति राजेन्द्रमणि लामिछाने, नमुना बालादेवी आमा समूहका अध्यक्ष देवी पौडेल, बालादेवी युवा क्लब अध्यक्ष बसन्तराज पौडेल, सरस्वती टीका उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, समाज सुधार आमा समूहकी संस्थापक अध्यक्ष राधा थापा, लेखनाथ नगरपालिकाका ई.अनिल आचार्य, शिशु कल्याण निमाविका अध्यक्ष शिवप्रसाद लामिछाने, विद्यालयका प्रअ जगदीश सुवेदी, समाजसेवी भेषराज पौडेल, सूर्यलाल पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । आमा समूहका अध्यक्ष ऋषिमाया लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष उषा बरालले आयव्यय प्रस्तुत गरेकी थिइन् भने सचिव मंजु अधिकारी थापाले संचालन गरेकी थिइन् । प्रतिक्षालय निर्माणका लागि संकलित २ लाख २२ हजार रुपैयाँमध्ये खर्च कटाएर बचत करिब ३९ हजार अन्य सामाजिक कार्यमा खर्चिने कोषाधयक्ष बरालले जनाइन् ।




Post a Comment

 
Top