0
गोल्डेन न्यूज संवाददाता
काठमाडौं ५ चैत्र ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शुक्रबार बसेको बैठकले मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयनका लागि सबै दलसँग वार्ताअघि बढाउने भएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय समितिको शुक्रबार बसेको पहिलो बैठकले मधेस समस्यको सम्बोधन र संविधान कार्यान्वयनमा जोड दिएको छ । पार्टी कार्यालय सानेपामा भएको बैठकले सरकारले मँहगी र कालोबजारी नियन्त्रण गर्न नसकेको साथै भूकम्प पीडितलाई राहत, पुनःस्थापना र पुनर्निमाणमा उदासिनता देखाएकोमा आलोचना गरेको छ । त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए । त्यस्तै, बैठकले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गर्न रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे सदस्य रहेको समिति गठन गरेको छ । समितिले निर्वाचनको तिथि र कार्यतालिका ल्याउने छ । लामो समयदेखि हुन नसकेका भातृ संस्थाहरुको अधिवेशन ६ महिना भित्र सक्ने समेत निर्णय गरेको छ । चैत्र २६ गते जनआन्दोलन दिवस मनाउने र म्यानमारका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई दिने निर्णय गरिएको भट्टराईले बताए । १३ औं महाधिवेशन सफलता पूर्वक सम्पन्न गर्न योगदा पु¥याएको निवर्तमान कार्यसमिति, महाधिवेशन सम्पन्न गर्न गठित सबै समिति, देशभरको निर्वाचन कार्यमा खटिएका कानुन व्यवसायी, शिक्षक, सुरक्षा निकाय सबैलाई बैठकले धन्यवाद समेत दिएको छ । यसैबीच नेपाली काँग्रेसको १३औँ महाविधेशनबाट निर्वाचत केन्द्रीय कार्यसमितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे रहेको समिति गठन गरेको हो । बैठकले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) लगायत सम्पूर्ण भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिए । केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ, त्यस्तै भ्रातृ संस्थाको आगामी छ महिनाभित्र निश्चित कार्य तालिकासहित महाधिवेशन सम्पन्न गर्ने र त्यसमा पहिलो चरणमा नेविसंघको प्रक्रिया अघि बढाउन निर्णय भएको छ’– उनले भने ।

कास्की कांग्रेसमा ५ सदस्य मनोनित

नेपाली काङ्ग्रेस कास्कीमा पाँच जना सदस्य मनोनित भएका छन्। कास्की सभापति कृष्ण के.सीले आफूमा निहीत अधिकारको प्रयोग गरी समावेशीमा आधारित भएर सदस्य मनोनित गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। मनोनित हुनेमा कास्की क्षेत्र नं १ बाट ओम बस्नेत, २ बाट नवीन सापकोटा, ३ बाट प्रेम परियार, ४ बाट युवराज कुँवर र भोजबहादुर गुरुङ छन्। सभापतिले विद्यानत् प्रत्यक क्षेत्रबाट दुई÷दुई जना सदस्य मनोनित गर्न पाउँने व्यवस्था रहेको छ। अझै तीन जना सदस्य मनोनित गर्न बाँकी छ। बाँकी तीनमध्य अल्पसंख्यक÷मुस्लिम ÷पिछडा बाट एक जना अनिवार्य रुपमा मनोनित गर्नुपर्नेे छ। यसैवीच, कास्की काङ्ग्रेसको बैठक शुक्रबार बसेको छ। बैठकले गाउँ र वडा इकाईलाई पूर्णता दिन निर्देशन दिएको छ। बैठक कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सीको अध्यक्षतामा बसेको थियो।




Post a Comment

 
Top