0
गोल्डेन न्यूज संवाददाता
कास्की फाइनान्स लिमिटेडको विशेष साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले कास्की फाइनान्स र कामना विकास वैंक मर्जरको अन्तिम निर्णय गरेको छ । साथै मर्जर पश्चात संस्थाको प्रवन्धपत्र, नियमावली, पूँजी वृद्धि तथा मर्जर सम्वन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको फाइनान्सका अध्यक्ष मदन शर्मा खनालले बताए । मर्जर पश्चात संस्थाको अधिकृत पूँजी रु १ अर्व र जारी तथा चुक्ता पूँजी रु ६७ करोड ३७ लाख हुनेछ । संस्थाको नाम कामना विकास वैंक लिमिटेड, रहने बताइएको छ । केन्द्रीय कार्यालय पोखरा—८, सृजनाचोकमा रहने गरि संस्थाको अध्यक्षमा राजेन्द्रनिधी कोईराला, प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य रहनेछन् । मर्जर पश्चात शाखा सञ्जाल २१ वटा, एटिम संख्या ९ र कर्मचारी संख्या १ सय ४८ जना हुने कास्की फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।

Post a Comment

 
Top