0
गोल्डेन न्यूज संवाददाता
स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल, नेपालको कार्यसमितिले पूर्णता पाएको छ । पोखरामा सम्पन्न सञ्जालको पहिलो बैठकले विभिन्न संघ–संस्थाको प्रतिनिधित्व रहने गरी १० सदस्य मनोनयन गरेको हो ।
बैठकले राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका शशी तुलाचन, सञ्जालका पुर्व संयोजक समेत रहेका नागरिक समाज पोखराका रामबहादुर पौडेल, मानवअधिकार तथा शान्ति सरोकार समाजका गोकर्ण कार्की, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिकै विष्णुहरि अधिकारी, एआई समूह ५४ का नविनराज बराल, मानवअधिकार तथा शान्ति प्रतिष्ठान एवं अन्तर समाज महासंघका दीपेन्द्र राईलाई सदस्यमा मनोनयन गरेको छ । यस्तै, परिवर्तन नेपालकी विन्ध्यश्वरी बराल, काहुराष्टकी लक्ष्मी लामिछाने, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिकै कौशिला गुरुङ र सुनिल पाण्डेलाई पनि सदस्यमा मनोनयन गरेको सञ्जालकी संयोजक तारामाया थापा मगरले जानकारी दिईन् । यसअघि, प्रथम साधारणसभाबाट सर्वसम्मत रुपमा थापामगरलाई नेतृत्व प्रदान गर्दै सहसंयोजकमा धिरज थापा, प्रवक्तामा सम्मरबहादुर श्रेष्ठ, सहप्रवक्तामा रञ्जन अधिकारी र अर्थ संयोजकमा पवित्रा जिसीलाई चयन गरेको थियो ।
बैठकले सञ्जालका सदस्यहरु लाई आधारभूत मानवअधिकार प्रशिक्षण तालिम दिने, मानवअधिकार रक्षकहरुको जिल्ला भेलाका लागि पहल गर्ने, मानव अधिकारको वर्तमान अवस्थाबारे प्रहरी तथा जिल्ला प्रशासनसँग छलफल गर्ने, मानवअधिकार आयोगका अध्यक्षलाई क्षेत्रीय कार्यालय मार्फत ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।















Post a Comment

 
Top