0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामघाटस्थित टप्स उच्च माविबाट यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई एक कार्यव्रmमका बीच बिदाइ गरिएको छ । कार्यव्रmमका अध्यक्ष तथा विद्यालयका संस्थापक÷प्राचार्य रत्नमान गुरुङले टप्सले विद्यालय र उच्च माध्यमिक तहका शिक्षालाई उच्च महत्त्वका साथ अघि बढाएको बताए । विद्यालयीय शिक्षालाई सकेसम्म व्यवहारोपयोगी बनाउने प्रयास विद्यालयले गर्दै आएको बताउँदै उनले अतिरिक्त व्रिmयाकलापका साथमा विद्यालयले हासिल गरेको शैक्षिक उपलब्धीलाई यस वर्षका विद्यार्थीले अझ उचाइ दिने विश्वास व्यक्त गरे । उनले उच्च माध्यमिक तहका लागि पनि विज्ञान र व्यवस्थापन सङ्काय सञ्चालन भएकाले त्यसका लागि कतै जानुनपर्नेमा जोड दिए ।
शिक्षक अर्जुनकुमार ढकालद्वारा सञ्चालित कार्यव्रmममा सह–प्राचार्य शिवकुमा
र सिंह,जोन सर, जुडिथ, कक्षा १० का तर्फबाट दृष्टि गुरुङ लगायतले बोलेका थिए ।
बिदाइ भएर जाने विद्यार्थीहरु लाई संस्थापिका भक्ति गुरुङ, प्राचार्य रत्नमान गुरुङलगायतले खादा र मायाको चिनो वितरण गरेका थिए । यस्तै, कक्षा ९ का विद्यार्थीहरुले पनि मायाको चिनोसहित एसएलसी दिने विद्यार्थीहरुलाई बिदाइ गरेका छन्। उनीहरुले सो अवसरमा सांस्कृतिक कार्यव्रmम समेत प्रस्तुत गरेका अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख रमेश शर्माले जानकारी दिए। यस्तै, कक्षा १० का विद्यार्थीहरुले शिक्षक÷ शिक्षिकालाई उपहार प्रदान गरेका थिए । टप्सबाट १६औँ समूहका रुपमा यस वर्ष ७० जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने सुपरभाइजर चित्रकुमार गुरुङले जानकारी दिए ।








Post a Comment

 
Top