0
नेपाल वित्तिय संस्था कर्मचारी संघ शाखा समिति पोखराको दशौें अधिवेशनबाट पुस्कर नेपाली सुर्खाली अध्यक्षमा निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा दल बहादुर थापा, सचिवमा यामबहादुर रानाभाट, कोषाध्यक्षमा विरबहादुर जैसवाल, राजेन्द्र लम्साल र सदस्यहरुमा ज्ञाज शर्मा, दलबहादुर थापा, धु्रव्र प्रसाद पोखरेल, सुजन पोख्रेल, गोविन्दबहादुर थापा, यज्ञप्रसाद जोजिजू सर्वसम्मत निर्वाचित भएका छन्। संघले केन्द्रीय पार्षदमा भरतराज आचार्यलाई सर्वसम्मत चयन गरेको छ। यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक निलम तिम्सिनाले कर्मचारी संघको सम्मान संस्कारले सकारात्मक भूमिका खेलेको बताईन् । संघले प्रवेशिका परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने कर्मचारीका छोरा सन्देश लम्साललाई प्रमाणपत्र, दोसल्लाले सम्मान गरेका थिए । संघमा आवद्ध अवकास प्राप्त कर्मचारी मातृकराज घिमिरे, गणेश मल्ल र लवकुमार थापालाई बिदाई समेत गरिएको थियो । सम्मान तथा विबदाई कार्यक्रममा वोल्दै निर्देशक तिम्सिनाले युनियन र व्यवस्थापन एक सिक्काका दुई पाटा भएको बताईन् । नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष राम्जी कुँवरले पेशागत सुरक्षाका लागि एक भएर सवै युनियनहरु लाग्नु पर्नेमा जोड दिए । उनले आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिवार्य हुने भन्दै मजदुर माथि लाग्ने आरोप खण्डनको आवश्यकता औल्याए । श्रम ऐन र ट्रेड युनियन ऐनलाई व्यवस्थापन पक्षसंग सामूहिक सौदावाजीका माध्यमबाट कार्यालय र मजदुरको सुरक्षा ज्ञारेन्टी गर्नुपर्नेमा उनले जोड दिए । संघका अध्यक्ष ज्ञाज शर्मा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय सभापति मुरारी शर्मा, जिल्ला अध्यक्ष कुदलेवी बराल, सम्मानित व्यक्तित्व सन्देश लम्साल, संस्थापक अध्यक्ष मातृकाराज घिमिरे, कार्यसमिति सदस्य यामबहादुर रानाभाट लगायतले आ–आफ्नो भनाइ राखेका थिए । 






Post a Comment

 
Top