0
गोल्डेन न्यूज संवाददाता
तनहुँ जिल्ला अरुणोदय गाविस  ५ टक्रेभञ्ज्याङ स्थित श्री बाल विकास निमाविमा लायन्स क्लब अफ पोखरा पिस सिटीले पुस्तकालय स्थापना गरेको छ । पुस्तकालयको सोमवार बिशेष कार्यक्रम गरी उद्घाटन गरिएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको नेपाल लायन्स फाउण्डेशन र लायन्स क्लब अफ पोखरा पिस सिटीको आर्थिक सहयोगमा ग्रामीण भेगका सामुदायिक बिद्यालयमा सुविधा सम्पन्न स्तरीय पुस्तकालयको स्थापना गर्ने उद्देश्य अनुरुप पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयका लागि करिब २ लाख रुपैयाँ बराबरको शैक्षिक एवं भौतिक सामाग्री प्रदान गरिएको छ । पुस्तकालयको उद्घाटन गर्दै डिष्ट्रिक्ट गर्भनर ध्र्रुव बहादुर थापाले पुस्तकालय स्थापना गर्नु मात्र ठुलो कार्य नभई यसको सदुपयोग महत्वपूर्ण भएको बताए । 
गर्भनर थापाले लायन्सले कम अवसर प्राप्त जनमानसमा आवश्यकताको पहिचान गरि जहाँ जे जस्तो आवश्यकता पर्छ तत्कालै उक्त सेवा उपलब्ध गराउने लक्ष्य सहितको यस बर्षको नारा सार्थक बनाउन पिस सिटी सफल रहेको बताए । उनले लायन्सले गर्ने मानवीय सेवामा कहि न कहि फरकपन महसूस गराई गरिने गुरणस्तरीय कार्य अन्तर्गत दूरदराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिद्यालयमा स्तरीय सुविधा सम्पन्न पुस्तकालय सञ्चालन गरि समाजको चेतनाको स्तरलाई उकास्न सहयोग पुग्ने स्पष्ट पारे । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमान सिं थापा, बिद्यालयका प्रअ रामजी सिग्देल, छिमेकी बिद्यालय बुद्धि विकास प्राबिका सह–प्रअ पार्वती सिग्देलले लायन्सले बिद्यालयहरुमा स्तरीय पुस्तकालाय सञ्चालन गरेर समग्र समाजप्रति अतुलनीय कार्य गरेको बताएका थिए । उनीहरुले  पुस्तकालयको उचित ब्यवस्थापन गरि आकर्षक पुस्तकालय बिस्तारमा लाग्ने बताएका थिए ।  
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयरपर्सन छवीलाल शर्मा, क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पूर्व अध्यक्ष प्रशान्तराज धमला, कोषाध्यक्ष हरिराम पराजुली, सह–कोषाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन सिग्लेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।










Post a Comment

 
Top