0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा रहेको एल् ए उच्च मावि मा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । कक्षा ९ मा अध्ययनरत  विद्यार्थीहरुको आयोजना मा भएको बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रशासक नवराज अधिकारीले यसबर्षदेखि एस.एल.सी.मा लागू हुने लेटर गे्रडिङ्ग प्रणालीमा उत्कृष्ट ग्रेड हासिल गर्न विद्यार्थीहरुलाई आग्रह गरे । विगतमा पनि विद्यालयले उत्कृष्ट नतिजा ल्याएको स्मरण गर्दै यस पाली पनि नतिजा राम्रो हुनेमा बिश्वास ब्यक्त गरे । कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले बिदाई हुने विद्यार्थीहरुलाई मायाको चिनो दिनुका साथै विभिन्न साँस्किृतिक कार्यक्रम प्रस्तुत गरेर रमाइलो गरेका थिए । कक्षा ९ का विद्यार्थी प्रताप बुढाथाकीको सभापत्विमा भएको कार्यक्रममा मावि का डिन राम्जी देवकोटा,कक्षा १० का छात्रा निकिता गुरुङ्ग, कक्षा ९ का विद्यार्थी प्रिती गुरुङ्ग, गौरव आचार्यले बोलेका थिए । कार्यक्रमको संयोजन शिक्षक देविलाल दाहालले गरेका थिए भने कार्यक्रमको संचालन कक्षा ९ का विद्यार्थी अनिल गुरुङ्ग र अस्मिता थापाले गरेका थिए ।  



Post a Comment

 
Top