0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्की शाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालय भवनको उद्घाटन गर्नुका साथै कार्यालय परिसरमा निर्माण गरिएको पोखराको पहिलो पत्रकार जगन्नाथ सिग्देलको शालिक अनावरण गरे । उनले महासंघको भवन निर्माणमा आर्थिक एवं भौतिक सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थालाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरे । करिब १ करोड ६० लाख रुपैयाँमा निर्माण गरिएको महासंघको भवनको निर्माण कार्य करिब ६ वर्ष अघि शुरु गरिएको थियो । 
भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पत्रकार महासंघ कास्कीले ठूला–ठूला काम आफै गर्न सक्नेमा दुईमत नभएको भन्दै सुविधासम्पन्न आफ्नै भवन निर्माण गरेर महत्वपूर्ण काम गरेको बताए । उनले महासंघ भवनको प्रयोग समग्र क्षेत्र र सञ्चार जगतको विकास र उन्नतिका लागि हुनुपर्नेमा जोड दिए । ‘पत्रकार आफै बाँच्न कठिन भइरहेको अवस्थामा जग्गा पाइ सुविधा सम्पन्न भवन समेत निर्माण गर्नु निकै कठिनाई काम हो’, प्रधानमन्त्री ओलीले भने–‘भवन निर्माणका लागि सहयोग गर्नेहरुलाई कदापि भुल्न हुँदैन ।’ उक्त भवन निर्माणमा सूचना तथा सञ्चार मन्त्रालयबाट करिब १४ लाख रुपैयाँ सहयोग भएको छ । संचार क्षेत्रका लागि सरकारले सहयोग गर्दै आएको र रकम सहयोग गरेर सरकारको पनि उपस्थिति जनाएको भन्दै प्रधानमन्त्री ओलीले संचारमन्त्री शेरधन राईलाई धन्यवाद दिए ।  अर्को प्रसङ्गमा प्रम ओलीले पोखराको विमानस्थल शिलान्यास गर्न आफू अर्थात अब हुने प्रधानमन्त्री आउने बताए । यसै सन्दर्भमा उनले भने–‘अब जतिसक्दो छिटो पोखराको अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्न म आउँछु । यदि म नभएपनि अरु कोही आउँछन् ।’ पोखरा र पोखरेली आफ्नो भावनासंग जोडिएको भन्दै उनले पोखराको विकासमा आफू गम्भीर रहेको स्पष्ट पारे । ‘विकास कुनै जादूको छडी होइन, जादूगरले जादू देखाएजस्तो हुँदैन तर विकास तीव्र गतिमा अघि बढ्नुपर्दछ’ उनले भने–‘पोखरालाई मोर्डन र स्मार्ट सिटी बनाउन योजना मैले कास्कीको जेलमा रहँदा बनाएको थिएँ ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारहरुको हक, हित, सुरक्षा र संरक्षणका लागि महासंघ सदैव प्रतिवद्ध रहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, उपाध्यक्ष राजेन्द्र अधिकारी र सचिव त्रिभुवन पौडेल, पत्रकार ऋषि धमलाले कार्यक्रममा बोलेका थिए । 
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा रहेको गरिबी उन्मूलन गरी समृद्धशाली मुलुक बनाउनेतर्पm सरकार लागेकोे  बताए । नेकपा एमाले कास्कीले बुधबार  आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको दुई वर्षमा असाधारण तबरले मुलुकमा विकास हुने दाबी गरे । प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण पोखराको गुरुयोजनाअनुसार विकासको थालनी गरिने जानकारी दिँदै उनले पोखराको पर्यटकीय प्रबद्र्धन तीव्रताका साथ अघि बढाइने बताए। प्रधानमन्त्री ओलीले संविधान सभाबाट संविधान जारी हुनु देशको लागि ठूलो उपलब्धि भएको भन्दै नयाँ संविधानले कसैलाई पनि विभेद नगरी समान अधिकार दिएको बताए । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र सूचना तथा सञ्चारमन्त्री शेरधन राईको पनि उपस्थिति थियो ।

पत्रकार धमला पुरस्कृत

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई बुधबार पोखरामा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ हजार पुरस्कार राशिको स्वर्गीय टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेका छन् । छोरा सुवर्ण प्रसाद कोइरालाको सक्रियतामा स्थापित सो पुरस्कार निर्भिक रुपमा समाचार सम्प्रेषण गरेर राष्ट्र र जनतामा पुर्याएको योगदानका साथै पत्रकारितको विकास र लोकतन्त्र, विधिको शासन स्थापनामा पु¥याएको योगदानको कदर गर्दै धमलालाई सो पुरस्कार प्रदान गरिएको हो । धमलाले पुरस्कार राशि २१ हजार रुपैयाँ र त्यसमा व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ थप गरेर ४६ हजार रुपैयाँ नेपाल पत्रकार महासंघ धादिङ शाखाको भवन निर्माणको लागि भन्दै महासंघका अध्यक्ष महेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण गर्दै प्रधानमन्त्री केपी शर्मा अरुोलीले पत्रकार ऋषि धमला सहृदयी, सहयोगी, असल मान्छे भएको भन्दै आफूले पाएको पनि पत्रकार महासंघको भवन निर्माणलाई दिएर उदाहरण प्रस्तुत गरेको बताए । पुरस्कृत धमलाले आफूलाई पुरस्कारले थप हौसला प्रदान गरेको भन्दै आफू पत्रकारिताको विकास र विस्तारका साथै लोकतन्त्र र विधिको शासनको स्थापनामा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे ।








Post a Comment

 
Top