0
गोल्डेन न्यूज संवाददाता
कृपया आउनुहोस फेरि पनि नेपाल भ्रमण गर्नुहोस’ नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएकै दिन बेलायती राजकुमार ह्यारीले अन्तर्राष्ट्रिय समूदायलाई गरेको अपिल हो यो । उनले संसारभरका नागरिकलाई यसप्रकारले अपिल गर्दै भूकम्पपछि नेपालको विकासका लागि हातेमालो गर्न यसरी आह्वान गरेका हुन् । उनले नेपालको प्राकृतिक सौन्दर्यको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँ भ्रमणमा आउन सबैमा आग्रह गरेका हुन् । भुकम्पको खवरले दुखी बनेका ह्यारी (हेनरी चार्ल्स अल्वर्ट डेभिड) ले भुकम्प गएको एक बर्षस पुग्नै लाग्दा आफू नेपाल आएको र भूकम्पपीडित नेपालीको जीवन बारे अझै केही गरौ भनेर लागेको बताए । बैशाख १२ मा गएको विनासकारी भूकम्पबाट ९ हजार बढिले ज्यान गुमाएका थिए भने २२ हजार बढि घाइते भएका थिए । लाखौं नेपाली घरबार विहिन भएका छन् । उनीहरु अझै सामान्य जीवनमा र्फकन नसकेको अवस्था छ । सरकारले अझै राहत प्याकेज र पुर्नस्थापना कार्य अघि बढाउन सकेको छैन्

बेलायती राजकुमारले भुकममा परेका मृतक प्रति श्रद्धान्जली र घाइते प्रति साहस जगाउने शब्दहरु खर्चेका छन् । उनीहरुको वर्तमान अवस्था प्रति चासो समेत देखाए । उनी त्यस्ता नागरिक भेट्ने र नेपालको प्रचारको लागि विभिन्न क्षेत्रको भ्रमण समेत गर्नेछन् । विश्वका धेरै मानिस नेपाल भ्रमणको सम्झना गरेका हुन्छन् । नेपालको सौन्दर्यतामा नतमस्तक हुन्छन भन्दै भने, ‘म आफू नेपालको सुन्दरता पुस्तकमा र टेलिभिजनमा हेरेर हुर्केको हु ।’ नेपाली गोर्खासंग नै आफ्नो मित्रता रहेकोसमेत उनले बताए । गोर्खाहरु नेपालको पहिलो र प्रसिद्ध राजदूत हुन । गोर्खाको लगन, बहादुरी, मानवियता र संवेदनशिलताको उनले खुलेर प्रशंसा गरे । उनले नेपालमा असाधारण सैनिक जन्माउने बाबुआमालाई भेट्न पाउनेछु भन्दै संसारभरका कुनै पनि मानिसले नेपालीलाई विशेष स्थानमा राख्ने गरेको बताए ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दिएको स्वागत कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन । नेपाल बेलायत कूटनीतिक समवन्ध २ सय बर्ष पुगेको अवसरमा बेलायती महारानीको प्रतिनिधका रुपमा काठमाडौं आएका ह्यारीले नेपाल र बेलायत सम्बन्धको स्मरण समेत गरे । उनका हजुरआमाले राज्यरोहण गर्ने कार्यक्रम र नेपालको तेन्जीङ नोर्गे तथा न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको समाचार एक साथ विश्व समाचारको हेडलाइन बनेकोसमेत उनले स्मरण गरे । ’यो दुई देशबीचको सम्वन्धको एउटा महत्वपूर्ण संयोग हो’ उनले भने ।
यसअघि उनले प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेट गर्दै भुकम्प पछिको अवस्था र त्यससमय प्रति दुख ब्यक्त गरेका थिए । नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चागरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन दिएका छन् । गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको पनि उनले बताए । 
गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पुर्रुयाएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद उनले दिएका थिए । प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमार मार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे । भुकम्पपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए । 
बेलायतले पठाएको चिनुक हेलिकोप्टर भारतको चण्डिगढबाट फिर्ता भएको थियो त्यो समयमा । त्यसपछि बेलायत नेपालसंग गुनासो गर्दै आएको थियो । संविधान सभाबाट जारी भएको नेपालको संविधानलाई बेलायतले गरेको समर्थनप्रति प्रसन्नता समेत उनले ब्यक्त गरे । सन् १८५२ मा प्रधानमन्त्री जंगबहादुरको बेलायत भ्रमण गरेपछि दुईदेश बीचको सम्बन्धलाई अघि बढेको हो । 
बेलायतले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएकोृ छ । सन् १८१५ देखि बेलायतको गोर्खा ब्रिटिस फौजमा नेपाली युवाहरु समावेश गरिदै आएको हो । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन् । उनीहरुको सम्मानमा पोखरा पुगेर त्यहा रहेको गोर्खा शालिकमा माल्र्यापण गर्ने कार्यक्रम समेत छ ।
उनी शनिवार २.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय  विमान स्थाल ओलिएका हुन । नेपालको पुरानो मित्रमुलुक बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड पाँच दिने औपचारिक भ्रमणका आएका हुन । उनको ३५ सदस्यीय टोली कतार यअरलाइन्सबाट बेलायतको हेथ्रो, दोहा हँुदै काठमाडौं आइपुगेको हो । झुस्स कैलो दारी, सामान्य सेतो रंगको सर्ट र गाढा निलो कोटमा उनी विमानस्थलमा हात हल्लाउदै बाहिर निस्केका थिए । उनलाई आफ्नो क्यामेरामा कैद गर्न स्वदेशी तथा विदेशी संचार माध्यमका फोटो पत्रकारहरु तछाडमछाड गर्दै थिए ।
उनलाई संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कार्यबाहक राजदुत तेजबहादुर क्षेत्री लगायतको उपस्थिति त्यहाँ थियो ।
राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायर लगायतको उपस्थिति थियो । उनको यो पहिलो पटक नेपाल भ्रमण भएपनि बेलायतको राजपरिवारको पहिलो भ्रमण भने होइन । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । 
उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्नेछन । गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पुर्रुयाएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राखेको अन्तराष्ट्रिय संचारमाध्यमहरुका उल्लेख छ । उनी भूकम्प प्रभावित उपत्यकाको क्षेत्रको अवलोकन गर्नेकार्यक्रम छ भने पोखरा र वर्दिया पुग्ने कार्यक्रम पनि तय छ । उनले लम्जुङको गोर्खा परिवारले संचालन गरेको होम स्टेमा रात विताउने र त्यही पदयात्रा गर्ने कार्यक्रम रहेको छ ।







Post a Comment

 
Top