0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको आयोजनामा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । पोखराको पृथ्विचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । लायन्स डिष्ट्रिक्ट एरिया चिफ को–ओडिनेटर तीर्थलाल श्रेष्ठले क्लवका पूर्व अध्यक्ष एवं मिडिया रिलेसन मेम्वर नरहरि पौडेललाई रक्तदानकोलागी ब्लड ब्याग हस्तान्तर गरी उद्घाटन गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रिक एरिया चिफ को–ओडिनेटर तिर्थलाल श्रेष्ठले लायन्स न्यूरोड चौतारीले मानवीय सेवा भावले समाजमा महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै रक्तदान जस्तो माहान कार्यगरेर मृत्यु र जीवनको दोसाँधमा रहेका नागरिकको जीवन रक्षा गरेको बताए । 
‘पोखरा क्षेत्रमा रहेका क्लवहरुले ठूलो संख्यामा रक्तदान गरेर बिरामीको जीवन बचाएका छन् यदि क्लवहरुले ठूलो संख्यामा रक्तदान नगर्ने हो भने यस क्षेत्रमा रगतको निकै अभाव हुने थियो उनले भने । क्लवहरुले आफ्नो वार्षिक कार्यक्रम नै बनाएर रक्तदान गर्दै आएका छन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका ब्लडडोनेट चियर पर्सन किशोर वरालले न्यूरोड चौतारीले उत्साहप्रद सहभागितामा मानवीय सेवाभावले रक्तदान गरी बिरामीको जीवन बचाएको बताए । 
समग्र डिष्ट्रिक्टबाट ठूलो संख्यामा रक्तदान हँुदै आएको बताउँदै रगतको अभावका कारण कसैको जीवन जोखिममा पर्न नदिने प्रतिवद्धता ब्याक्त गरे । जोन चियर पर्सन कृष्णबहादुर अधिकारीले न्यूरोड चौतारीले सामाजिक क्षेत्रमा गर्ने हरेका कार्य उत्कृष्ट हुने बताउँदै पोखरामा हुने रगको अभावलाई मध्यनजर गरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो नियमित कार्यमा राखेको बताए । क्षेत्रीय रक्त सञ्चार केन्द्रका टेक्निसियन महेन्द्र के.सीले यस क्षेत्रको मुख्य रक्तदाता नै लायन्स क्लवहरु रहेको बताउँदै आउदा दिनहरुमा समेत कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि आग्रह गरे । कार्यक्रममा ३५ जना रक्तदाताले रक्तदान गरेका थिए । 
कार्यक्रममा स्वगत मन्तब्य क्लवका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रमण पोखरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन क्लवका सचिव क्षत्र वहादुर बराल क्षत्रीले गरेका थिए । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष दिपकराज घिमिरेले गरेका थिए । 



Post a Comment

 
Top