0
गोल्डेन न्यूज संवाददाता
अखिल नेपाल टे«ड यूनियन महासंघ चार नम्बर प्रदेशको अध्यक्षमा पोखराका रुद्र गौतम चयन भएका छन् । महासंघको मंगलबार पोखरामा भएको सम्मेलनले उपाध्यक्षत्रयमा राजेन्द्र तिमिल्सिना, लोक प्रसाद भुर्तेल, बिनोद पाण्डे, सचिवमा राजेन्द्र न्यौपाने, सह–सचिवमा नविन अधिकारी  र कोषाध्यक्ष सुन्तली थारु सहित २८ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिमा ७ जना सदस्य पछि थप गरीने नब निर्वाचित अध्यक्ष रुद्र गौतमले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले मजदुरहरुकै नेतृत्वमा नेपालमा समाजवादी क्रान्ति सम्पनन हुने दाबी गरे । “माओवादी पार्टीले अघि सारेको समाजबादी क्रान्ति पुरा गर्न अब धेरै समय लाग्दैन । सात आठ बर्षमै पुरा हुन्छ ।” जमरकट्टेलले थपे–“त्यसको नेतृत्व गर्न अब सम्पूर्ण मजदुरहरु एकजुट हुनुपर्दछ ।” माओवादी मजदुर आन्दोलनकै कारण देशभरका मजदुरहरुको सेवा सुबिधा बढेको तर अहिले मजदुरहरु सुस्ताउँदा मालिकहरुले हेप्ने प्रबृत्ति बढेको भन्दै अब नयाँ उर्जा सहित मजदुरहरुको हक अधिकारका लागि आफ्नो नेतृत्वको महासंघ जुर्मुराएर अघि बढ्ने वताए । सम्मेलनमा बोल्दै एनेकपा माओवादी कास्कीका इञ्चार्ज राजकाजी गुरुङले मजदुरहरुकै नेतृत्वमा संसारमा ठुला ठूला परिवर्तन भएको भन्दै अब नेपालमा पनि मजदुरहरुको नेतृत्वमा श्रमजीवी जनताको सत्ता स्थापना हुने गरी परिवर्तनको आन्दोलन हुनुपर्नेमा जोड दिए  कार्यक्रममा महासंघका उपाध्यक्ष जय कार्की, महासचिव गणेश रेग्मी, एमाओवादी कास्कीका नेता लालमोहन तिवारी महासंघका ३ नम्बर प्रदेश अध्यक्ष जगत सिंखडा तथा महासंघका चार नम्बर प्रदेश संयोजक भूमबहादुर रेग्मी, अखिल नेपाल खेलकुद महासंघ चार नम्बर प्रदेश अध्यक्ष जिवन खाती, पृथ्वीराज बस संचालक समितिका महासचिव योगेन्द्र केसी र जिफण्टका गण्डकी अध्यक्ष रुद्र खत्री लगायतले सम्मेलनमा शुभकामना दिएको सचिब राजेन्द्र न्यौपानेले जानकारी दिए ।

Post a Comment

 
Top