0
गोल्डेन न्यूज संवाददाता
पोखरा न्यूरोडस्थित नोभल एकेडेमीमा एमबिए दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीका लागि आयोजित ‘नलेज म्यानेजमेन्ट’ सेमिनार सप्ताह एक विशेष समारोह बीच सम्पन्न भयो । 
समापन समारोहमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विशेश्वर आचार्यले विद्यार्थीहरुमा सेमिनारको सफलताका लागि आगामी दिनमा यस किसिमका सेमिनार निरन्तर रुपमा आयोजना गरिने बताए । स्वागत मन्तव्य बोर्ड सदस्य दुर्गा हुमागाईले गरेका थिए । 
प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. केशरजंग बरालले एमबिए अध्ययनमा एउटा महत्वपूर्ण पक्ष मध्येको सेमिनार सप्ताहबाट प्राप्त हुने ज्ञान भएको हु‘‘ंदा एकेडेमीले विज्ञ व्यतिmहरुको साथ लिएर सेमिनार सम्पन्न गर्नु एक प्रशंसनीय कार्य भएको बताए । 
सेमिनारका स्रोतव्यतिm एवं पोखरा विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा.दिपक बहादुर भण्डारीले सेमिनारको उपलब्धिहरु का बारेमा चर्चा गरेका थिए । 
सो अवसरमा कार्यकारी निर्देशक सीता लामिछाने, कलेज बोर्ड सदस्य कृष्ण के.सी., सिटी डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारी, बतास अर्गनाइजेसनका सिइओ प्रमेश पराजुली र फूलबारी रिर्सोटका रेसिडेन्ट म्यानेजर रोशन खवासले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन एमबिए को–अर्डिनेटर दिपेन्द्र पहारीले गरेका थिए ।

Post a Comment

 
Top