0
गोल्डेन न्यूज संवाददाता
भारतीय विदेश सचिव सुष्मा स्वराज र पाकिस्तानका प्रधानमन्त्री का परराष्ट्र मामिला सल्लाहबार सर्ताज अजिजबीच साइडलाइन भेटवार्ता तय भएको छ । भारतीय विदेशमन्त्री स्वराज दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको इन्टर समिटमा सहभागी हुन विशेष विमानमा सिधै पोखरा आउने भएकी छन् । उनी चैत ३ मा पोखरा आउनेछिन भने बैठक पछि पत्रकार सम्मेलन गरेर फर्कने कार्यक्रम छ । उनले फर्कनु अघि पाकिस्तानका डिफ्याक्टो परराष्ट्रमन्त्री सल्लाहकार अजिजसंग दुईपक्षिय मामिलाको विषयमा छलफल गर्ने तय भएको परराष्ट्र अधिकारीले बताए । सबै मुलुकका विदेश मन्त्रीले एक अर्कालाई छुट्टा छुट्टै भेट्ने गरि त्यसको ब्यवस्थापन मिलाइएकाले अन्य मुलुकका विदेश मन्त्रीहरुले पनि एक अर्कासंग छलफल गर्ने तय भएको छ । सार्क शिखर सम्मेलनमा झै भारत पाकिस्तानको विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको बैठकले महत्व पाउने भएको छ । भारत र पाकिस्तान सम्बन्धका कारण सार्क अघि बढ्न नसकेको भनिरहेको अवस्थामा अहिले उनीहरु नै बढि सकारात्मक देखिएका हुन् । गत बर्ष मंसिरमा सम्पन्न सार्क को  १८औं शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका समकक्षी नवाज सरिफबीचको छलफलले निकै महत्व पाएको थियो । उनीहरुको रिट्रिटको क्रममा धुलिखेलमा भएको छलफल विश्वभार समाचार बनेको थियो । त्यो छलफल भारत सम्वन्धबीचमा पछिल्लो तिक्तता पछिको आइसब्रेक नै थियो । अहिले पनि दुवै प्रधानमन्त्रीका विश्वास पात्रहरु छलफलमा जुट्ने तय भएको छ । उनीहरु बीच डेलिगेसन स्तरमा नै छलफल हुने कूटनीतिक स्रोतले बतायो । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार सबै भेटघाट तथा छलफलको तयारी भइरहेका छन् । बैठकमा सहभागि हुनेहरु आ–आफ्नै समय मिलाएर कुरा गर्ने हो आयोजकले स्थानको ब्यवस्था मात्र मिलाई दिने हो, उनले भने । सबै मन्त्रीहरु एक अर्काबीच छलफल हुन्छ नै, उनले भने । सार्कमा केही सदस्य मुलुकको दुईपक्षीय वार्तालाई अन्तराष्ट्रिय क्षेत्रमा निकै महत्व दिइएको भएपनि हाम्रो लागि सबैसंगको वार्ता महत्वपूर्ण रुपमा रहने प्रवक्ता पोखरेलले बताए । यसअलवा विदेशमन्त्री स्तरीय बैठकको उदघाटन गर्न पोखरा पुग्ने प्रधानमन्त्री केपी ओलीसंग पनि भारतीय विदेशमन्त्री स्वराजले भेट्ने छन । उपप्रधान तथा परराष्ट्रमन्त्री थापासंग पनि भेटघाट हुने अधिकारीहरुले बताए । कार्यक्रमको पहिलो र दोस्रो दिन ५२ आंै कार्यक्रम समितिको अध्यक्षता परराष्ट्रको सहसचिव मणि भट्टराईले गर्नेछन । ४२औं सचिव स्तरीय बैठक एक दिन र ३७ औं विदेशमन्त्री स्तरीय बैठक पनि एक दिन चल्नेछ । सचिवमा शंकरदास बैरागीले अध्यक्षता गर्ने छन भने बैठकको अन्तिम दिन मन्त्री स्तरीयमा उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । हरेक दिन बेलुका मिडिया व्रिफिङ गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्क अध्यक्ष नेपालले आफ्नो मिडीया सेन्टर नै तय गरेको छ । भने भारतिय दूतावासले पनि आफ्नो मुलुकबाट आउने संचारकर्मीलाई ध्यान दिएर आफ्नो मिडिया सेन्टर तय गरेको छ । उसले पनि हरेक दिनको व्रिफिङ गर्ने जनाएको छ । भारतीय दुतावासका संचार हेर्ने रुविजसप्रित शर्माले यसको ब्यवस्थापन गरिरहेको अधिकारीहरुले बताए । १६ वटा एजेण्डानेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र अफगानिस्तान ८ सदस्य राष्ट्र रहेको सार्कमा यसलाई  मिनि शिखर सम्मेलनको रुपमा लिइन्छ । उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले काठमाडौं भन्दा बाहिर पनि यस्ता अन्तर्राष्ट्रिय स्तरको बैठक गर्न सक्ने क्षमता मुलुकले राखेको छ भन्ने सन्देश दिन र नेपाल भुकम्प पछि यस्ता स्थानहरु सवल रहेको सन्देश दिन यो सम्मेलन पोखरामा हुन लागेको हो । बैठकमा अघिल्लो शिखर सम्मेलनले पारित गरेको एजेण्डा र थप नयाँ एजेण्डाहरुको बारेमा छलफल गर्नेछन । पुराना आतंकबाद नियन्त्रणमा सहकार्य, सडक तथा हवाई संजाल, उर्जा हव, गरिवी निवारण, साझा ब्यपार लगायत दर्जनौ विषयमा छलफल हुनेछ । नया विषयको रुपमा आएको युवा बेरोजागारी, सार्क स्याटेलाइट लगायतको ब्यवस्थामा पन िछलफल हुनेछ । सहसचिव स्तरका डेलिगेसन पोखरा पुगिसकेका छन । अन्य प्रतिनिधी मण्डल सोमबार देखि नै आउदैछन । सबैभन्दा ढिलो गरि भारतीय विदेशमन्त्री नै आउने भएका छन । डेलिगेसनको इच्छा अनुरुप पोखरा लगिएको पनि परराष्ट्रले जनाएको छ । अहिले आइसकेका मध्ये आधा जति सडक मार्गबाट गइरहेका छन् ।

सवारी व्यवस्थामा पूर्वअभ्यास
पोखरामा सोमबारदेखि हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारीस्वरुप आइतबार सवारीको पूर्वअभ्यास गरिएको छ । पोखरा विमानस्थल देखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो । पूर्वअभ्यासमा मूल सहयोग समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, क्षेत्रीय सुरक्षा समिति एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति थियो । पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूको जिज्ञासामा क्षेत्रीय प्रशासक कोइरालाले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बैठकका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको बताए। जिल्ला सुरक्षा समितिका संयोजक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि एकीकृत सुरक्षा योजनाअन्तर्गत सबै व्यवस्थापन गरिसकिएको जानकारी दिए । उनले बैठकबाहेक विशिष्ट पाहुनाले पर्यटकीयस्थल पोखराको अवलोकन गर्न चाहेमा पनि सुरक्षा व्यवस्था तयारी रुपमा राखिएको बताए ।












Post a Comment

 
Top