0
नेपालको संविधान आफू अनुकुल जारी नभएको भन्दै दक्षिणको छिमेकी भारतले लगाएको अघोषित नाकाबन्दीबाट आक्रान्त बनेको नेपालीको जनजीवन लामो समयपछि तंग्रिन थालेको छ । नाकाबन्दी लगाएर नेपालको दानापानी रोक्ने भारतको योजना भारतीय नागरिकले नै असफल पारिदिए । भारतको योजना असफल भएपछि लामो समयपछि नेपालीको जनजीवन सामान्य बन्दै गएको छ । भारतीय नाकाबन्दीको बेला नेपालका व्यवसायीले जुन भूमिका निभाउनु पथ्र्यो । त्यो अभिभाराबाट व्यवसायीहरु चुक्न पुगे । व्यवसायीहरुले मानवीय संवेदना र देशको स्वाधिनतालाई भुलेर कालोबजारीलाई पक्षपोषण गरी रातारात करोडपति बन्न पुगे । व्यवसायीले कहिल्यै उपभोक्ताको हितमा काम गरेनन् । व्यवसायीले कालोबजारी गरेर उपभोक्ता अधिकारलाई पुरै बेवास्ता गरे । उपभोक्ता अधिकारवादी र केवल प्रेस विज्ञप्तीमा सीमित हुँदा उपभोक्ताले चर्काे मूल्यमा खाद्यन्न र इन्धन खरिद गर्न विवश बने । कालोबजारीका कारण नेपाली जनता आक्रान्त बनिरहेका बेला नेपालमा मंगलबार विश्व उपभोक्ता दिवस मनाईएको छ । उपभोक्ता दिनप्रतिदिन अभाव र ठगीको मारमा परिरहेका बेला विश्व उपभोक्ता दिवस मनाउनुको सार्थकता यसपालि पनि औपचारिक कार्यक्रममा सीमित भएको छ । उपभोक्ताको हितका पक्षमा केवल ¥याली र चर्का भाषणा मात्र गरियो । कालोबजारी गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याएको कहिँकतै पनि सुन्न पाईएन । नेपालमा उपभोक्ता हित दिवस मनाईरहँदा उपभोक्ताले भने अभाव र ठगीको सामना गर्न बाध्य हुनुप¥यो । सरकारलाई चुनौति दिँदै विराट आयलले निष्फिक्री चर्काे मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहँदा जब विद्यार्थी आन्दोलित बने तबमात्र निगमको मूल्यमा बिक्री गर्न थालियो । सरकारलाई चुनौती दिई इन्धनमा कालोबजारी भईरहँदा पनि सरकार मुकदर्शक बन्नु लाजमर्दाे विषय हो । अझैपनि व्यवसायीहरुले कालोबजारी गर्दै ग्यास धमाधम बिक्री गरिरहेका छन् तर, सर्वसाधारण उपभोक्ता पहुँच त्यहाँसम्म पुग्न सकेको छैन । खुलेआम चर्काे मूल्यमा इन्धन बिक्री भईरहेको छ । तर, सरकारले कालोबजार कहिल्यै पनि देख्दैनन् । र देख्न पनि चाहँदैन । यस्तो विकराल अवस्थामा उपभोक्ताको अधिकार सुनिश्चित हुनसक्न ? कालोबजारी नियन्त्रण गर्न राज्य र नियमनकारी निकायहरु असफल भइरहँदा ठगी गर्ने गिरोहको संजाल फैलिदै गएको छ । उपभोक्ताको हक अधिकार संरक्षणकै लागि भनेर गठन भएका उपभोक्तावादी संस्थाहरुको काम समेत प्रभावकारी देखिएको छैन। राज्यका संगठनहरुले व्यवसायीको पृष्ठपोषण गरेका कारण उपभोक्ता व्यवसायीबाट ठगिरहेको छन्। उपभोक्ताको हितमा ऐन भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा उपभोक्ता कालोबजारीको चंगुलमा फस्न विवश छन् । उपभोक्ताको हितलाई संरक्षण गर्नको लागि राज्य समयमै सजग हुन जरुरी छ । अन्यथा, कालोबजारीले उपभोक्ताको हित अस्तव्यस्त नहोला भन्न सकिदैन । व्यवसायीले धमाधम कालोबजारी गरेपनि उपभोक्ता सचेत नहुँदा उपभोक्ता हितको संरक्षण कमजोर बन्दै गएको छ । सामानको खरिद गर्दा मूल्य नहेर्ने परिपाटी विकास हुँदा उपभोक्ता अधिकार शिथिल बनेको हो । अघोषित नाकाबन्दी खुलेको लामो समय भएको हुँदा उपभोक्ता स्वयम् सचेत बन्नुपर्छ । र, व्यवसायीले आफ्नो धर्म निभाएर उपभोक्तालाई सहज सुविधा दिनुपर्छ ।










Post a Comment

 
Top