0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सम्पन्न हुन गैरहेको लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालको चौथो महाधिवेशन सम्पन्न गर्नको लागि छलफल कार्यक्रम सम्पन्न भएको छ । 
बुधवार सम्पन्न छलफल कार्यक्रममा डिष्टिूक्ट गभर्नर ध्रुर्व बहादुर थापा, पुर्व मल्टीपल काउन्सील चेयरपर्सनद्धय दिपक श्रेष्ठ र प्रेम बहादुर श्रेष्ठ, द्धित्तिय भाईस डिष्टिूक्ट गभर्नर धनराज आचार्य, पुर्व डिष्टिूक्ट गभर्नर योगेन्द्र प्रधान लगाएत लायन्सका सिनियर लिडर र पोखरा स्थित सम्पुर्ण क्लबका अध्यक्ष सहित करीव १७५ जना लायन्सहरुको उपस्थिति रहेको थियो । 
महाधिवेशन मूल आयोजक समितिद्वारा आयोजित छलफल कार्यक्रममा पोखरा स्थित सम्पुर्ण क्लबका अध्यक्षहरुले महाधिवेशन सफल पार्नका लागि आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
महाधिवेशन तयारीका लागि लायन्स क्वल अफ पोखरा गोल्डेन चौतारी र पोखरा सेती गण्डकीले जिम्मेवारी लिएका छन् भने महाधिवेशन मूल आयोजक समितिको संयोजकमा गोल्डेन चौतारीका पुर्व अध्यक्ष दिनवन्धु पौडेल र सह(संयोजकमा सेतीगण्डकीका पुर्व अध्यक्ष सुचित्रा थापा रहेका छन् । 
छलफल कार्यक्रममा बोल्दै डिष्टिूक्ट गभर्नर ध्रुव थापाले महाधिवेशले पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनसंगै आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै महाधिवेशन सम्पन्न गर्नको लागि सक्दो सहयोग गर्न आग्रह गरेका थिए 
आगामी वैशाख ४ गते सम्पन्न हुने महाधिवेशका लागि जाऔं है पोखरा भन्ने अभियान तय गरिएको सो छलफल कार्यक्रममा पुर्व मल्टीपल काउन्सील चेयरपर्सनद्धय दिपक श्रेष्ठ र प्रेम बहादुर श्रेष्ठ, द्धित्तिय भाईस डिष्टिूक्ट गभर्नर धनराज आचार्य, पुर्व डिष्टिूक्ट गभर्नर योगेन्द्र प्रधान लगाएत लायन्सका सिनियर लिडरहरुले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
पोखरामा हुने लायन्स महाधिवेशन पोखरा र पश्चिमाञ्चल कै इज्जतसंग जोडिएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नु पश्चिमाञ्चलवासीकै दायित्व भएको छलफल कार्यक्रममा उपस्थित लिडरहरुले बताएको प्रसार प्रचार उप समितिका संयोजक लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीले बताए ।महाधिवेशन तयारी समितिका संयोजक दिनवन्धु पौडेल, सह(संयोजक सुचित्रा थापा र समितिका सचिव किशोर बरालले महाधिवेशको तयारी बारे जानकारी गराएका थिए






Post a Comment

 
Top