0
गोल्डेन न्यूज संवाददाता
पोखराको लामाचौरमा पहिलो पटक भैरव नृत्य प्रदर्शन गरिने भएको छ । नेवाः खल लामाचौरको आयोजना तथा नवआदर्श सामुदायिक विकाश समाज र लामाचौरका स्थानीय आमा समुहको समन्वयमा शुक्रवार लामाचौर चोकमा पहिलो पटक भैरब नृत्य प्रदर्शन गरिने भएको हो । पोखराको प्रायः ठाउँमा भैरब नृत्य प्रदर्शन गरि सके पनि लामाचौरमा अहिले सम्म प्रदर्शन हुन सकेको थिएन ्। तर अहिले स्थानीय नेवार समुदायको सक्रियतामा भैरब नृत्य प्रदर्शन गर्न लगिएको नेवा खल लामाचौरका अध्यक्ष रामप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा भैरब, काली, इन्द्रायणी, बाराही, गणेश, कुमारी, बिष्णुवी, ब्रम्हायणी, डागिनी, भुच्चा, महेश्वरी र कवङ गरी सांझ ७ बाजेबाट बाह« भैरब नृत्य प्रदर्शन हुने श्रेष्ठले जानाकारी दिए । उक्त नृत्यमा जुम्ल्याहा दाजुभाइ राहुल र रोहित श्रेष्ठपनि सहभागी छन् । उनीहरुले इन्द्रेणी र विष्णुवीको भूमिका निर्वाह गरेका छन् । भैरबलाई देवादी देब महादेब को एक रुप मानिन्छ भने भैरब गणहरु शतिmशाली देवताहरु भएको हुदाँ भैरब नृत्यले सुख शान्ति र समृद्धी निम्त्याउने जनविश्वास रहिआएको छ । प्रत्येक ६ बर्ष मा मात्र निकालिने भैरब नृत्यको छुट्टै महत्व छ । यो पर्ब नेवार समुदायले प्रदर्शन र संरक्षण गर्दे आए पनि सम्पुर्ण मानब जातिको हितको लागि भएको हुनाले यो पर्ब को संरक्षण र सम्र्बद्धनमा सबैले सहयोग गर्नु पर्ने अगुवा हरुको भनाई छ ।









Post a Comment

 
Top