0
गोल्डेन न्यूज संवाददाता
गण्डकी ट्रेक्टर व्यवसायी समितिको अध्यक्षमा भरत गिरी निर्वाचित भएका छन् । समितिको १४औं साधारणसभा तथा सातौं अधिवेशनले गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिग्देल, उपाध्यक्षमा प्रेमबहादुर थापा, सचिवमा डम्बरराज ढकाल, कोषाध्यक्षमा लक्ष्मण बास्तोला, सहसचिवमा नारायणप्रसाद कोइराला चयन भएका छन् ।
समितिका सदस्यहरुमा उदयबहादुर थापा, अर्जुनकुमार श्रेष्ठ, गंगाबहादुर केसी, रमेश केसी, विश्वराज तिवारी, अर्जुन पंगेनी र निर्मलराज पौडेल निर्वाचित भएका छन्  । निवर्तमान अध्यक्ष पदमबहादुर केसी पदेन सदस्य रहने व्यवस्था छ । दुर्घटना उपसमिति सदस्यहरुमा नविनप्रसाद बास्तोला, रवि बराल, शिरोधर पौडेल, कमलबहादुर थापा चयन भए । अनुगमन उपसमितिमा कृष्णप्रसाद सुवेदी, वसन्तराज आचार्य, विन्दुचन्द्र बराल, दिनेश कुँवर चयन भएको कार्यालय प्रमुख चन्द्रमणि गौतमले जानकारी दिए । समितिको अध्यक्षमा निर्वाचित भएका गिरीले सबै व्यवसायीलाई समेटेर संस्थाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘व्यावसायिक हकहितका लागि म सधैं खटिनेछु,’ उनले भने, ‘मेरो कार्यकाल सफल बनाउनका लागि सबैबाट सहयोग पाउने विश्वास गरेको छु ।
यसैबीच, साधारणसभा तथा अधिवेशनकै अवसरमा पोखरा–१४ चाउथेस्थित रातोमाटे डाँडामा रहेको समितिका भवनको उद्घाटन गरिएको छ । संस्थापक अध्यक्ष चन्द्रकान्त बरालले भवन तथा कार्यक्रमको उद्घाटन गरेका हुन् । अध्यक्ष पदमबहादुर केसीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उक्त अवसरमा प्रमुख अतिथि बराल, यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख भरत पौडेल, वरिष्ठ सल्लाहकार गोकर्ण कार्की लगायतले बोलेका थिए । संस्थाको भवन निर्माण कार्यमा सहयोग पु¥याउने सहयोगदाताहरु लाई कार्यक्रमको उद्घाटनका अवसरमा सम्मान गरिको छ । कुशल चालक, निजी र सामुदायिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने  समितिमा आवद्ध सदस्यहरुका छोराछोरी मध्येबाट एक÷एक जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ । न्यू होल्याण्ड ट्रेक्टरको आधिकारिक बिक्रेता डि एण्ड बी ट्रेडर्स बुद्धचोकको मुख्य प्रायोजनमा कार्यक्रम भएको हो । कार्यक्रमलाई एनएलजी इन्सुरेन्स, बतास ब्रदर्श, गोयल ट्रेडर्स, स्वरुप टायर रिसोलिङ सेन्टर, मेट्रो डेपलपमेन्ट बैंक लगायतले प्रायोजन गरेका थिए ।











Post a Comment

 
Top