0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले अबको युगमा विश्वविद्यालय परिवर्तनका संवाहक रहेको बताएका छन् । मंगलबार अचानक पोखरा विश्वविद्यालयको निरीक्षणमा आएका मन्त्री पोखरेलले अबको ५० वर्ष पछाडि नेपाल कस्तो वन्ने ? भन्ने विश्वद्यिलयको गतिविधिमा भरपर्ने उनले बताए । विश्वविद्यालयको दीक्षान्त समारोह नजिकिँदै गर्दा गरिएको भ्रमणले सोही दिन केही महत्वपूर्ण निर्णय गरिएको बताइन्छ । स्थानीय नेता, कर्मचारी, पदाधिकारी, पत्रकार लगायत स्थानीयको सहभागिता रहेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले शैक्षिक नियमहरु २०४० पछाडि संशोधन नभएकोले त्यसलाई परिवर्तन गर्न त्यसवारे जानकारी लिन अकस्मात् पोखरा आएको बताए । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति डा. चिरञ्जीवी शर्माले विश्वविद्यालय देशमा धेरै तालावन्दी भईरहनेमा चर्चा पाएकोले त्यसलाई चिर्न सरकारदेखि स्थानीयवासी सम्मको सहयोग आवश्यक रहेको बताए । उपकुलपति डा.शर्माको अध्यक्षता मा भएको कार्यक्रम रजिष्ट्रार गोविन्द शर्माले सञ्चालन गरेका थिए ।











Post a Comment

 
Top