म सानै उमेर देखि केहि काम गर्न प¥यो भने त्यसमा चासो बढि दिन्थे । त्यसै गरी विद्यालय पढ्दा खेरि पनि विभिन्न कार्यक्रममा भाग लिन्थे । जस्तै बादविवाद हाजिरजवाफ प्रतियोगिता र खेलकुदमा भाग लिन्थे । त्यसरी नै मेरो पढाईमा १ कक्षाबाट ७ कक्षामा ७ कक्षासम्म दोस्रो, तेस्रो, (सेकेन्ड, थड) हुँदै गए तर कहिलै फस्ट चाही भइन् । र पढाईको शिलशिलामा राम्रो भएको कारणले गर्दा गुरु गुरुमाहरुले अतिनै माया गर्नु हुन्थ्यो र प्रत्येक कार्यक्रममा लिडर सिपको जिम्मा दिनु हुन्थ्यो । जस्तै ः राष्टिूय गान गाउने, लाइन मिलाउने र राजा रानीको जन्माउत्सवमा प्रजातन्त्र दिवसमा त्यति खेर पृथ्वी नारायण क्याम्पसमा ¥याली लिएर जानु प¥थ्यो । त्यसमा पनि अगाडि झण्डा लिएर हिड्न्थ्यिो । यसरी सवै गुरु गुरुमा र साथिहरुले अगाडि बढ्न प्रेरणा दिनु भयो । मेरा गुरु लोकराज पहारी हेड्मास्टर हुुनुुहुन्थ्यो । सुर्य पराजुली, पुरुषोत्तम पराजुली, मित्रलाल, बराल, भोला पराजुली, हरिरा गुरु संस्कृत पढाउनु हुन्थ्यो । र गुरुआमा इश्व
री कोइराला हुनुहुन्थ्यो । उहाँहरुले अहिले पनि उतिकै माया गनु हुन्छ । हालसाल पुरुषोत्तम पराजुली सरको स्वगारोहण भयो । म पढ्ने विद्यालय कक्षा ७ सम्म थियो । म धर्मस्थली निम्न माध्यमिक विद्यालय प्रस्याङमा पढ्थेँ । त्यतिखेर राजनीति भन्ने थाहा नभएपनि मैले गर्ने क्रियाकलापले गर्दा मेरो रगतमा सामाजिक भावना भएको कारणले गर्दा राजनितीक झुकाव भन्ने अहिले सोचेको छु ।त्यसै गरि २०३५ सालमा मैले सात पास गरि नदिपुर कन्या स्कुलमा विहानमा स्कुल थियो । त्यहाँ मलाई मेरो दाजु श्यामजी प्रसाद कोइरालाले ८ कक्षामा भर्ना गरिदिनु भयो । म त्यहाँ पढ्दै जाँदा शहिद दिवसको दिन शहिद दिवस मनाउनको लागि कार्यक्रम राखियो । सो कार्यक्रममा मलाई पनि बोल्न बोलाइयो र सो कार्यक्रम हाल हेरालो प्रतिष्ठाको अध्यक्ष विरोज थापाले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा मैले इतिहास पढेको अनुसार, शहिदहरु क्रमैसँग शुक्रराज, धर्मभक्त आचार्र्य, टंकराज,दशरथ चन्द्र आदि शहिदहरुले रातारात पर्चा बाड्ने काम जेलमा बसेर गरेका कार्यहरु र कोसलाई कसरी मारियो भन्ने विषयमा प्रकाश पारेकी थिए । म बोली सकेपछि ढरढर ताली बज्यो । म छक्क परे । केहि छिन पछि कार्यक्रम सञ्चालन निरोज थापाले यस्तो विद्यार्थी अहिले सम्म यति राम्रो बोल्ने विद्यार्थी आएको छैन भन्नुभयो र तरिफ गर्नु भयो । त्यतिखेर सम्म मलाई राजनितीक भन्ने थाहा थिएन । केहि समय पछि कार्र्यक्रम सकेपछि मलाई अफिस कोठामा बोलाइयो र नानी तिमी कसको छोरी हौँ । घर कहाँ पर्दछ भन्नु भयो । हामीले यस्तै कार्यक्रममा तिमिलाई पनि अरु ठाउँमा लान्छौँ । तिमी बोल है भन्नु भयो म डराए त्यसो भन्ने गुुरु तारानाथ रानाभाट । उहाँ त्यतिखेर हेडमास्टर हुनुहुन्थ्यो । गुरु केशब पराजुली, दामोद, उषा गुरुङ, कृष्ण गुरुहरु हुनु हुनुहुन्थ्यो । त्यति खेर गुरुहरुले मलाई राजनीतिमा लुकेर लागे जस्तो अनुभव गर्नुभयो । अहिले मैले सोच्दा मेरो रगतमा राजनीतिको चासो बच्चाबाट नै हो जस्तो लाग्छ ।
२०३८ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मेरो विवाह लिलाराम सुवेदीसँग भयो । सजोग मेरो श्रीमान २०२८ साल देखि ने.वि. संघको सदस्य भएर भित्री रुपमा पृथ्विनारायण क्याम्पसमा पढ्दा समेत संगठन राम्रो हुनुर्पछ भन्दै उहाँका साथि पुर्व राज्य मन्त्रि महादेव गुरुङ, ओपी दाई डिल्लीराम सुवेदी, बालगोपाल श्रेष्ठ, अग्निधर पराजुली, विष्णु पराजुली, दुर्गा तिमिल्सिना विश्व सिग्देल, पदम गुरुङ, सवैको नाम त्यति थाहा भएन जानेको नाम लिए । त्यसरी संगठन विस्तार गर्न लाग्नु भयो । २०३८ साल मा सेतो झोला बोकेर एक २ व्यक्ति हाम्रो सहमील थियो त्यहाँ आउनु हुन्थ्यो । उहाँहरुलाई मेरो श्रीमान् ले केहि रकम दिनु हुन्थ्यो । मैले उहाँको हुुनुहुन्छ र के को रकम दिनु भएको भनेर सोध्दा तिमिलाई किन चाहियो भनेर जवाफ दिनु हुन्थ्यो । पछि विस्तारै थाहाँ हुँदै जाँदा उहाँहरु शुक्रराज शर्मा दाई हुनुहुँदो रहेछ । त्यतीखेर पार्टी अफिस थिएन् । कोठा भाँडामा लिएर संगठन गरि लुकी छुपी पार्टी विस्तार गर्नुपर्ने अवस्था थियो । त्यतीखेर सवैको सहयोगले पार्टी चलेको थियो । अनि मलाई पनि विस्तारै काग्रेस पट्टी आस्था जाग्यो । टाढा टाढाबाट चापाकोटबाट खेमराज पौडेल, पोषनाथ बाबु विष्णु पराजुली, भेषराज पराजुली, देवेन्द्र शेरचन, महादेव दाई अग्निबाबुहरु बउमारा बाट तारा लामिछाने, भोजे गुरुङ केशव लामिछाने अरु अन्य व्यक्तिहरु आमसभा साथै विभिन्न कार्यक्रममा आउँदा हाम्रो घर खाना वा खाजा, चियापान गर्न आउनु हुन्थ्यो । म खुशी भएर आतिथ्य सत्कार गर्दर्थे । त्यतिखेर गाडी को त्यति व्यवस्था थिएन । रात परेमा हाम्रो घरमा बास बस्नु हुन्थ्यो । उहाँ हरुको काग्रेसप्रतिको माया ममता र प्रेरणा देख्दा म पनि निस्वार्थसँग मेरो श्रीमान् लिलाराम सुवेदीलाई सहयोग गर्दै म पनि कुनै पदमा नरही काममा लागे ।
२०४४ साल को कुरा हो म सुत्केरी भएर गण्डकी हस्पिटलमा थिए । २०४४ मै लामाचौरमा यज्ञबहादुर थापाको आमसभा हुन दिएनन् भनेर उहाँको साथि डम्बर बहादुर गुरुङले फोन गरेपछि वरिपरिका कार्यकर्ता जम्मा गरि आमसभामा जाँदा उहाँ टाइममा नआएर हस्पिटलमा डिस्चार्ज ग¥यो । श्रीमान् नआउँदा म त्यस रात त्यही बस्न बाध्य भए त्यो सुत्केरी समय अहिले जस्तै लाग्दछ । त्यतिखेर मेरी छोरी सीमा जन्मेकी थिइन् । त्यसरी निस्वार्थ भावनाले कार्यकताले सहयोग गरेर नेताहरु माथि पुग्नुभयो । त्यतिखेर विस्तारै संगठन विस्तार गर्न २०४६ सालतिर विभिन्न ठाउँमा अफिस खोल्न योजना गर्नुप¥यो भाई भनेर शुक्रराज दाई महादेव दाईले भन्नु भयो सहयोग गर्नुप¥यो भन्नुभयो । हाम्रो न्यु मोर्डन फर्निचर थियो । आराम कुर्ची, टेवुल, दराज, कुनै ठाउँमा सादा कुर्ची, टेवुल र दराज गरि विभिन्न ठाउँमा सहयोग गरेका थियौँ । यसै गरि अरु साथिहरुबाट पनि आफ्नो(आफ्नो क्षमता अनुसार सहयोग गरि स्रगठन बलियो बनाउन टाढा टाढाबाट पढ्न आएका विद्यार्थीलाई डेरा खोज्ने देखि लिएर विभिन्न कठिनाई पर्दा साथिहरुबाट नै सहयोग हुन्थ्यो भनेर मेरो श्रीमान्ले भन्नु भएको थियो ।
२०४६ सालमा हाम्रो घरमा मिटिङ्ग बसेको थाहा पाएर राति घरका झ्यालका सिसा फुटे झ्यालको आड्मा छोरा सुतेका थिए । टाउको झ्याल भन्दा पूर्व भएको कारणले गर्दा छोरा जोगिए जाडो मौसम थियो । सिरक भरि सिसै( सिसा थियो । शिरक वोड्नाले मेरा छोरा जोगिए त्यो घटनाले अहिले पनि मन डराउँछ । भोलिपल्ट वडा अध्यक्ष स्व. कृष्ण पराजुली आएर के गराँै दाईदिदी भनेर सोध्दा केहि गर्न पर्दैन छोरा जोगिए भयो भन्यौँ । यि सवै कुरा रामकृष्ण पराजुली दाजुलाई थाहा छ । अहिले को राजनिती भनेको पद, सत्ता र व्यक्तिगत स्वार्थ बढी भए जस्तो लाग्छ । सबै त्यस्तो त हुनुहुदैँन् । कोही कोहीले गर्दा मानिसहरुमा जुन राजनितीक पनि निष्ठावान, निस्वार्थ र नैतिकता हराउँछकी भन्ने डर लाग्छ । राजनितीक गर्दा कसैलाई दोष नदिइ आफ्नो विचार धारा प्रति आकर्षण गर्ने गरेमा उहाँहरुको आत्मले रोज्ने स्वतन्त्रता हुन्छ र सहि निर्णय लिएर पार्टी तर्फ लाग्ने निर्णय लिन्छन् ।
अर्को कुरा अहिलेको परिवेशमा हेर्दा गुटवन्दीले गर्दा पनि नेपाली कागे्रसमा एकता कम भएजस्तो लाग्छ । भाई फुटे गवार लुटे भन्ने भनाईलाई अंकित हुन्छ । त्यस कारणले गर्दा गुट बन्दी नभई नेपाली कागे्रसको झण्डा एउटा मात्र भएको कारणले गर्दा एउटै हो भनि एक हुनुपर्दछ । त्यसो गर्दा एकता बढ्दछ । संगठन बलियो हुन्छ । भाइचाराको सम्वन्ध बढ्र्दछ र निष्ठावान, निस्वार्थ, लोकप्रिया व्यक्तिले अवसर पाउँछ । त्यस्तो व्यक्ति केन्द्रमा पुगेपछि सवैको समर्थन सजिलोसँग पाउन सक्छ । त्यस्तो व्यक्तिले आफ्नो देशको माया हुन्छ र सत्तामा गएपछि देशको मुल कानुन बनाउने जिम्मा हुन्छ र नेपाल जन्मभुमी को माटो सम्झी सुहाउँदो कार्यकर्ताका व्यवस्थापीका न्यायपालिकामा उदारणीय र सहायणीय र अन्तराष्टिूय सम्म छवी राख्न सफल कार्य गर्न सक्छ ।
अर्को कुरा अहिलेको परिवेश अनुसार देश र जनताले खोजे अनुसार युवा पिढी अगाडी बढेको छ । सो को लाई युवा पिढीलाई ऐतिहासिक सर्पोट दिनको लागि अभिभावकको भूमिका खेल्न राम्रो नेताको छनोट गरि लगेमा अझ देशको लागि लाभदायक हुन्छ जस्तो मलाई लाग्छ ।
त्यसै गरि अहिलेको अवस्था अनुसार महिलालाई ३३ % भनेता पनि महिलाको विषयमा छलफल भएता पनि महिलाहरु जतिसुकै महिलाको विषयमा छलफल भएता पनि महिला अगाडि बढ्ने बेलामा त्यति खोजी हुँदैन् । सायद महिलाहरुको शिक्षाको कमिले घरव्यवहारमा समय दिनुपर्ने कारणले हो ।
त्यसै गरि चुनाव आउँछ घरदैलो कार्यक्रममा महिलाको उत्तिकै भुमिका हुन्छ । कुनै कार्यक्रममा जान प¥यो ¥यालीमा उल्लेखनीय उपस्थिती हुन्छ । कुनै कार्यक्रम सञ्चालन गर्नुप¥यो महिलाबाट नै अनुशासित तरिकाले सम्पन्न हुन्छ घरमा खाना पकाउने लुगाधुने, आमा, बुहारी, श्रीमतीको भुमिकासाथै समाजमा विवाह, वर्तवन्ध, पुजापाठ, दुःख, सुःखमा सघाउने देखिलिएर घरमा आउने अतिथि सत्कार, सरसफाई, बच्चाको शिक्षा खाना र स्याहार सुसार समाजमा भै पर्ने काममा उतिखेरै उपस्थिती घरमा विरामी वा वृद्ध आमाबुवा, सासु ससुराको ख्याल गरि सवै थोक मिलाएर निस्कनु भनेको सानो कुरा होइन् । त्यस कारण महिलालाई अवसर दिएमा इमान्दारी पुर्वक आफ्नो कर्तव्य र जिम्मेवारी साथै दायित्व सम्झि कार्य गर्दछन् । कोही कोही नहोलान् । मैले कहिले काहि महिलाको विषयमा बोलेकी छु र लेखहरु मध्ये , महिलाको विषयमा पहिलो लेख छोरीलाई शिक्षा देऊ भनेर नव सिद्धार्थ सहकारकिो प्रेरणा भन्ने स्मारीका मार्फत दिएकी छु । बगालेटोल ८ मा दोस्रो लेख छोरी, श्रीमती, आमाको जिवन चक्र, लेख परोपकार सर्वेश्वर नारी समुह गैह्रापाटन ४ परोपकार स्मारिका मा लेख दिएकी छु । त्यसैगरि आमा भन्ने लेखबाट पुरस्कार पनि उद्घोषण तालिम लिदा २ मिनेटमा बोल्दा सवैभन्दा राम्रो भएर पुरस्कार प्राप्त गर्ने अवसर पाए ।
क्रमैसंग ज्यादाँ काग्रेस वडा ४ महिला एकाइ सदस्य भएर काम गर्ने अवसर मिल्यो । काग्रेस नगर महिला समितिको सचिव हुने अवसर पाए र वडा ४ महिलाको सल्लाहकार हुने अवसर मिल्यो । यसरी विभिन्न संघ संस्थामा रहेर समितीमा रहेर काम गरियो । यस्तै कारणले गर्दा सामाजिक काम गर्दा अतिनै खुशि लाग्ने । आफ्नो ठाउँमा काम गर्दा शौभाग्य र मेरो कर्तव्य साथै जिम्मेवारी हो भन्ने सोचले गर्दा म पनि केहि गर्न सक्छु भन्ने प्रेरणा जागो र राजनितीक क्षेत्रमा झुकाव बढ्दै गयो ।
Post a Comment