0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगर पालिका वडा नं ५ मा रहेको ऐतिहासीक धार्मीक स्थल जटेश्वर महादेव मन्दिर परिसरमा संचालीत त्रिद्धिवसिय शिवरात्री  मेला सम्पन्न  भएको छ ।
महासशिरात्रिको अवसर पारेर सिलिङ युवा क्लवले फागुन २४ देखि  २६गतेसम्म संचालीत छैटौं सिलिङ महाशिबरात्री मेलाले उच्च सफलता हात पार्दै बुधबार सम्पन्न भएको हो ।
पोखराबाट करिव पाँच किलोमिटर पश्चिम रमणिय स्थलमा रहेको सिलिङलाई धार्मीक पर्यटनको क्षेत्रका रुपमा विकास गराउदै जटेश्वर महादेव मन्दिरको पुन निर्माणमा सहयोग पु¥याउने उदेस्यले  सिलिङ युवा क्लबको पहलमा र स्थानिय आमा समुह तथा  समाजिक संघ सस्थाहरुको सहभागितामा मेलाको आयोजना गरिएको थियो ।
मेलाको समापन समारोहमा वोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफनो सस्कृतीको रक्षा गर्दै युवाले स्थानिय स्तरको विकास निर्माणमा अग्रसर हुदै उद्यमसिलताको माध्यमवाट अगाडी वढ्नका लागि अनुरोध गरेका थिए ।साथै उनले विकासको सम्भावना रहेको सिलिङलाई धार्मीक पर्यटनका रुपमा विकास गराउनका लागि युवाहरुले अगाडी सारेका योजनाहरुमा अभिभावकहरुले सहजिकरण गरिदिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष बलराम ढकालले युबाहरुले समाजमा सकरात्मक सन्देस दिने खालका कार्य गर्दै आफनो क्षेत्रको विकासका लागि संगठित भएर अगाडी वढ्नु पर्ने आवस्यकता रहेको धारणा राखेका थिए ।
क्लवका अध्यक्ष तथा मेलाका संयोजक टंकप्रसाद सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सह सचिव विकास रानाभाटले गरेका थिए ।
मेलामा धार्मीक जागरण गराउदै मनोरञ्जन दिलाउनका लागि विविध सृजनसिल सामुदायिक बाल क्लवद्धारा नाटक प्रदर्शनी साथमा सास्कृतीक कार्यक्रम,भजन चुड्का,ख्याती प्राप्त कलाकारहरुबाट हस्य प्रहसन,खुल्ला भलिवल प्रतियोगीता र सामुहिक बर्तवन्ध लगाएतका कार्यक्रमहरु राखिएको थियो ।
मेलामा राखिएको खुल्ला भलिबल प्रतियोगीतामा सहभागी १०टिमलाई पछि पार्दै होमल्याड होष्टेल सृजनाचोकले प्रथम स्थान हासिल गरेको थियो भने स्वगतनगर चाउथेको समुह उप विजेताको रुपमा पुरस्कृत भएको थियो । त्यसै गरि छेलो हान्ने प्रतियोगीतामा युवाहरु तर्फ दिपक रानाभाट र बृद्ध बृदा तर्फ खेमराज महत विजयी भएका थिए । यसै विच मेलाको प्रचार प्रसारमा सहयोग पु¥याउदै आएका लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराललाई सम्मान गरिएको छ ।
मेला संचालनको अवधिभर विभिन्न संचार माध्यमबाट प्रचार प्रसारको क्षेत्रमा सहयोग पु¥याउको भन्दै क्लवले वराललाई मायाको चिनो र खादाँ ओडाई सम्मान गरिएको  हो । पत्रकार बराललाई लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र क्लबका अध्यक्ष टंकप्रसाद सिग्देलले संयुत्त रुपमा सम्मान गरेका थिए ।








Post a Comment

 
Top