0
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालले विभिन्न विदेशी मुलुकका नागरिकलाई प्रदान गर्ने प्रवेशाज्ञा प्रक्रिया सरल र छरितो गर्ने सम्बन्धी कार्ययोजना पेस गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ । सो विषयमा सम्बन्धित मन्त्रालय र निकायका अधिकारीसँगको छलफलपछि प्रवेशाज्ञा प्रदान कार्य सहज, सरल, छिटोछरितो तथा आधुनिक प्रविधियुक्त बनाउन र प्रभावकारी अनुगमनको कार्यसम्बन्धी एक महिनाभित्र कार्ययोजना ल्याउन समितिले निर्देशन दिएको हो ।  समितिका सभापति प्रभु साहले सो विषयमा अध्ययन र छलफलको प्रारम्भ गरिएको छ भन्दै सरकारी निकायको लिखित जानकारीपछि थप निर्णय गरिने बताए ।
बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले हाल प्रवेशाज्ञा जारी प्रक्रियामा कुनै ढिलाइ भएको जानकारी नभएको र प्रक्रियागत रूपमा सम्बन्धित निकायले काम गरिरहेको बताउँदै आगामी दिनमा सो प्रक्रियालाई सरलीकृत र सुरक्षा संवेदनशीलतामा ध्यान दिँदै अगाडि बढाइने स्पष्ट गरे । सुरक्षामा असर पर्ने वा मुलुक मुलुकबीचको सम्बन्धमा खलल पु¥याउनेस्थिति नआओस् भनेर चनाखो पनि हुनुपर्ने भन्दै उहाँले नेपालको कानुनलाई उलङ्घन गरी विदेशी रहेको पाइएमा अनुगमन र कारबाही भइरहेको बताए। 
उनले कालोबजारी नियन्त्रण र अवाञ्छित गतिविधि हुन नदिन मातहतका निकायलाई निर्देशन  दिइएको जानकारी दिए । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले पर्यटन प्रवद्र्धनका लागि आवश्यकतानुसार प्रवेशाज्ञा वितरणको नीति भए पनि कतिपय सन्दर्भमा सुरक्षा संवेदनशीलतालाई पनि हेर्ने गरिएको बताए । उनले भुटानले आफ््नो मुलुकमा आउने पर्यटकले प्रतिदिन पाँच सय अमेरिकी डलर खर्च गर्नुपर्ने नीति लिए जस्तै नेपालले पनि केही सीमा तोक्न सुझाव दिए । कन्सुलर सेवा विभागका महानिर्देशक गणेशप्रसाद ढकालले हाल सार्क भिसा, अर्डिनरी, कूटनीतिक, व्यावसायिक, र पर्यटक भिसाजस्ता प्रवेशाज्ञा जारी हुँदै आएको बताए । रासस






Post a Comment

 
Top