0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगडरपालिका वडा नं. ८ स्थित नागढुङ्गा युवा क्लवको चौथो अधिवेशन शनिबार सम्पन्न भयो । अधिवेशनले विनोद लामिछानेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल लामिछाने नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष समेत हुन् । क्लवको प्रथम उपाध्यक्षमा रुपक गिरी, द्वितीय उपाध्यक्षमा मिलन बिजुक्छे, सचिवमा सुरेश लामिछाने, कोषाध्यक्षमा सुरेश ढकाल र सह–सचिवमा विष्णु सुवेदी चयन भए । त्यसैगरि सदस्यमा राजु जिसी, राजु जैशि, सन्तोष काफ्ले जिवन पौडेल, प्रतिक गिरी, सुजित आले, प्रवेश गिरी, राजु काफ्ले, दिक्षित तुलाचन, उमेश बस्नेत र कमल शर्मा काफ्ले चयन भए । अध्यक्षमा चयन भएपछि लामिछानेले विगतका वर्षहरुमा जस्तै यो कार्यकालपनि सफल पार्न सम्पूर्ण टोलवासी र सहयोगिहरुलाई आग्रह गरे । क्लवका नियमित कार्य निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, खेलकुद, सरसफाई तथा अन्य सामाजिक कार्यलाई निरन्तरता दिंदै श्रृजनात्कम र रचनात्मक अन्य कार्यक्रमहरु पनि गरिने बताए । साथै उनले अघिल्लो कार्यसमितिमा सक्रियता पूर्वक साथ दिने पदाधिकारी तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यसअघि क्लव अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा भएको अधिवेशनमा सचिव सुरेश लामिछानेले कार्यप्रतिवेदन र कोषाध्यक्ष सुरेश ढकालले आर्थिक प्रतिवेदन प्रस्ततु गरेका थिए । कार्यक्रम डा.नवराज सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । यसैबीच क्लवले आउँदै गरेको महाशिवरात्री पर्व आयोजना गर्नका लागि क्लवका सदस्य युवराज लामिछानेको संयोजकत्वमा उप–समिति गठन गरेको छ ।


Post a Comment

 
Top