0
काँग्रेसको १३औं महाधिवेसनको रौनले देशनै रंगिएको छ । महाधिवेशनमा मतखान समेत भइसकेको छ । अब को नेतृत्मा आउला सबैको चासोको विषय बन्दै गइरहेको छ । देशका सबै पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो लगायतले पनि समाचारमा उच्च प्राथमिकता दिंदै दिनभरी लाइभ प्रसारणदेखि अनेक आयामबाट रिर्पोटिङ गरिरहेका छन् । झट्टहेर्दा महाकुम्भ मेला लागेभैm देखिने काँग्रेस महाधिवेसनमा आगामी सभापति को बन्ला ? महामन्त्री को बन्ला ? केन्द्रीय सदस्यका लागि कुन कुन प्रदेशबाट कसले बाजी मार्ला ? खुलामा को आउला ? यस्ता धेरै चासो बढेको पाइएको छ । त्यस्तै को व्यक्ति कसको गुटमा छ । कसले गुट फेरेको छ ? यस्ता चाखलाग्दा विषयले संचारमाध्यम मात्र होइन चोकचोकमा बस्ने आम नेपाली नागरिकलाइ पनि चासोले सताएको छ । भावी राजनीतिको मार्गचित्र कोरिने प्रमुख माध्यम भएकोले पनि काँग्रेस माहाधिवेसनको चर्चाहुनु अस्वभाविक होइन । सामान्य राजनीतिक चासो भएको व्यक्तिले पनि काँग्रेस महाधिवेशनलाइ नियाल्ने अवस्था सिर्जना भएको छ । किनकी भोलीको प्रधानमन्त्री, मन्त्रीमण्डल र भावी राजनीतिक कार्यदिशाकै बारेमा यो महाधिवेसनले छिनोफानो पनि गर्न सक्छ । समग्रमा यो कुम्भमेलाको परीक्षाफल बारेमा धेरैको आँखा लाग्नु स्वभाविक हो । तर ७ दशक लामो इतिहास बोकेको पार्टीको महाधिवेशन भइरहेको समयमा काँग्रेसले आगामी दिनमा कस्तो नीति लिने भन्ने खासै बहस र छलफल भएको छैन । के नीतिका लागि को उमेदवार रोज्ने भन्ने महाधिवेसन प्रतिनिधिमा कुनै तर्क छैन । किनकी मासवेस पार्टी भनेर लागेका काँग्रेसीजनले दाइ प्रवृत्तिमा विश्वास गर्छन् । कुन दाइ शक्तिशाली मन्त्री वा प्रधानमन्त्री बन्न सक्छ, भोलिको राजनीतिमा कसको पल्ला भारी हुन्छ त्यसैको पछि लाग्ने बानीले नीतिमा बहस हुन नसकेको हो । महाधिवेशन स्थलमा पनि भित्र महामन्त्रीको राजनीतिक संगठनिक प्रतिवेदन प्रस्तुत भैरहेको समयमा कार्यकर्ताहरु धमाधम फलानो दाइलाइ मतदान गरौं भन्दै भोट मागिरहेका थिए । दाइ पुस्ताकै हालीमुहाली भैरहेको काँग्रेसमा विपिले युवा पुस्तामा कसरी पार्टी स्थापना गरेका थिए भन्ने पनि कार्यकर्ताले विर्सेका छन् । युवालाइ नेतृत्वमा ल्याउने भन्दा दाइहरुकै सेवा गर्न उनीहरु उद्धत देखिन्थे । स्थापनाकालको प्रजातान्त्रिक समाजवादको नारा मात्र लगाएपनि रणनीति कस्तो हुने ? युवालाइ रोजगारी दिने कार्यक्रम के छ ? देशको गणतन्त्र कार्यान्वयनको लागि कस्तो रणनीति बनाउने भन्ने जस्ता कुनैपनि ठोस योजना नआएको कार्यकर्ताकै विश्लेषण छ । तसर्थ काँग्रेसले महाधिवेसनबाट नयाँ सभापति, महामन्त्री पाउने मात्र ठूलो काम गरेको भन्ठान्ने हो भने देशको भविष्यलाइ वेवास्ता गरेको ठहर्छ । बरु नेतृत्व सँगै उसले लिने नीति नेपालमा मात्र नभएर छिमेकी देशलाइ पनि चासोको विषय हुन सक्छ । उसले वैदेशिक नीति, देशको अर्थतन्त्रको मोडल र गणतन्त्रको संस्थागत विकासलाइ विशेष रुपमा पारित गरेर जाओस् । किनकी कुनैदिन काँग्रेसले गणतन्त्रमा जाने निर्णय गरेकै कारण यो देशमा राजतन्त्र विरोधी आन्दोलनले मूर्त रुप लिएको थियो । उक्त इतिहासलाई सम्झेर उसले कार्यान्वयनको नीति पनि बनाओस् ।

Post a Comment

 
Top