गोल्डेन न्यूज संवाददाता
बेलायती राजकुमार ह्यारी थप ६ दिनसम्म नेपालमा बस्ने भएका छन् । यसअघि उनले बुधबार नै नेपाल छाड्ने कार्यक्रम थियो । तर नेपाल भ्रमणको अन्त्यमा आफ्नो भाषण दिदैँ गर्दा ह्यारीले थप ६ दिन नेपालमै बिताउने बताए । ‘मैले भेटेका मानिस र यो देशको सुन्दरताले गर्दा मलाई यो देश छाड्न निकै गाह्रो हो । म अहिल्यै यो देश छाड्ने छैन्’–कउनले भाषणका क्रममा भने । ‘म आशा गर्छु कि यात्रामा इच्छा गर्नेहरुले एकपटक घुम्नै पर्ने देश हो नेपाल ।’– उनले भने । उनले नेपालमा जस्तो स्वागत जीवनभर जीवनमा दुलर्भ पमा मात्रै मिल्ने बताएका छन् । ‘तपाईहरु खासमा नेपालमा मानिसलाई भेट्न आउनुपर्छ । पछिल्ला केही दिन नेपालमा मैले जस्तो माया पाए त्यस्तो स्वागत जीवनमा कमै पाएको छु ।’ ‘तपाईहरुले आएर विश्व सम्पदा सूचिका पाटन दरबार जस्ता क्षेत्र हेर्नुस् । नेपालको इतिहासबाट प्रभावित हुनुहुनेछ । तपाईहरु सुन्दर बर्दिया राष्ट्रिय निकून्ज हेर्न आउनुपर्छ । वन्यजन्तु संरक्षणका लागि यहाँ भएको काम उदाहरणीय छ । यसले संरक्षणको लडाँई जित्न मद्धत गर्छ ।’– बेलायती राजदूतावासमा भएको कार्यक्रममा ह्यारीले भनेका छन् । उनी भूकम्पले क्षतविक्षत भएको एउटा विद्यालय बनाउने काममा थप ६ दिन खटिनेछन् । समूहमा रहेका स्वयंम्सेवकहरु सँगै उनी नेपालको दुर्गम गाउँमा ६ दिन बस्नेछन् । स्कुलको विषयमा भने अहिल्यै केही स्पष्ट छैन् ।
Post a Comment