0
पूर्वसभामुख तारानाथ रानाभाट दोस्रो जनआन्दोलनपछि नेपाली कांग्रेसको कुनै पदीय जिम्मेवारीमा छैनन्। तर, यसलाई उनी सक्रिय राजनीतिबाट टाढिएको मान्न तयार छैनन्। रानाभाटले १२औं महाधिवेशनसँगै हालै सम्पन्न १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा चुनाव जित्न सकेनन्। पहिले उनी कोइराला खेमाबाट चुनाव लडेका थिए, यसपालि देउवा खेमाबाट लडे र हारे। पूर्व कानूनमन्त्रीसमेत रहेका रानाभाट कांग्रेसमा देखिएको उतार–चढावको कोपभाजनमा परेका हुन् त ? यसबारे प्रश्न गर्दा उनी आफ्नो कारणले भन्दा पनि अरुकै कारणले आफू भूमिकाविहीन बनेको तर्क गर्छन्। तर, पार्टीको केन्द्रीय सदस्यमा हारे पनि रानाभाटले नयाँ घोषणा गरेका छन् ‘म गणतन्त्रवादी हुँ, अब म राष्ट्रपतिको चुनाव लड्छु।’ यिनै पूर्वसभामुख रानाभाटको राजनीतिक जीवनको उतार–चढाव र अबको यात्राबारे गरिएको कुराकानी ः
देशमा ०६२÷०६३ को जनआन्दोलन भइरहँदा तपाई सभामुख नै रहनुभयो, राजीनामा दिनुभएन, किन ?
हो म सभामुख थिएँ । गिरिजाबाबुले भन्नुभो, हामीले आन्दोलनको एजेण्डा ‘प्रतिनिधिसभा पुनस्र्थापना’ लाई बनाएका छौं । विघटित संसदको प्राणको रुपमा सभामुख पद छ, तिमीले प्रतिनिधिसभामा बसेर संवैधानिक आन्दोलनको नेतृत्व गर्नुप¥यो । उहाँले भन्नुभएको थियो कि सभामुखले छोड्नैपर्ने स्थिति आयो भने या त तिमी आन्दोलनमा आएर छोड, या राजाले दिने प्रधानमन्त्री खाएर छाड, यी दुबै कुराले संसदको प्राण जान्छ । प्राण गएपछि मूर्दालाई ब्यूँताउन सकिन्न । त्यसैले तारा, तिमीले यो त्याग गर्नैपर्छ । यही भएर राजाले संसद विघटन गरेपछि पुनस्र्थापनाका लागि म अदालत पनि गएको थिएँ ।
गिरिजाले भनेरै सभामुख पद नछाडेको भन्नुभयो, तर प्रतिनिधिसभा पुनःस्थापना भएपछि तपाईको ठाउँमा सुवास नेम्वाङलाई ल्याइयो, तपाईले निरन्तरता नपाउनुको कारण के हो ?
आन्दोलन सफल भएपछि संसद पुनस्र्थापना पनि भयो तर, दुर्भाग्यवस त्यो मौकालाई धेरैथरिले उपयोग गर्न खोजे, जसका लागि म बाधक भएँ ।
मौका भनेको ?
धर्मनिरपेक्षताका निम्ति त्यो मौकाको उपयोग भयो । म भएको भए त्यो हुँदैनथ्यो । या त जनतालाई सोध भन्ने थिएँ, या लुकीचोरी गरेर घुसाउने परिस्थिति हुँदैनथ्यो । हो, त्यो शक्ति बलवान भयो र म सभामुखमा रहिरहने परिस्थिति बनेन ।
सभामुख रहेकै बेला तपाईलाई राजाले प्रधानमन्त्रीको अफर गरेका थिए, त्यसले पनि असर पा¥यो कि ?
राजाले मलाई कुन ढंगले आहृवान गरे, उनै जानुन् । तर, प्रधानमन्त्री हुनका लागि पार्टीभित्र अर्को एउटा उम्मेदवार देखियो, त्यसलाई कमजोर बनाउनुपर्छ । यस्ता–यस्ता खेलहरुले मलाई पछाडि पर्नुपर्ने अवस्था आयो ।
म पार्टीको आदेशअनुसार नै सभामुखमा रहेको थिएँ । र, पद्दति, संविधानका आधारमा मेरो निरन्तरता अनिवार्य थियो । दुर्भाग्यवस मुलुकमा के–के हुन लेखेको रहेछ  ।.
संसद पुनःस्थापना भएपछि के तपाईलाई पार्टीले नै पछि हट् भन्यो ?
पार्टीले मात्र होइन, पार्टीहरुले भने । कस्तो संविधान बनाउनुपर्ने भन्ने खेल आन्दोलन सुरु हुनासाथ भएको थियो ।
यसमा त गिरिजाबाबुसँग कुरा भयो होला, किन सभामुख छाड्ने भनेर उहाँसँग तपाईको कुरा भएन ?
किन नहुनु । उहाँको निजी सचिव गोकर्णजी साक्षी हुनुहुन्छ ।
सबै कुरा साक्षीलाई मात्र जिम्मा नलगाउँ न, संसद पुनस्थापनापछि तपाईको सभामुख पदले निरन्तरता नपाउनुको भित्री रहस्य के थियो ?
मैले सम्पूर्ण कुरा अहिले खोल्दिँन । मेरो सक्रिय राजनीतिक जीवन बाँकी नै छ ।
तपाईले भन्नुभयो कि म भएको भए यसरी धर्म्निरपेक्षता घोषणा हुँदैनथ्यो । महाधिवेशनको पूर्वसंध्यामा अहिलेका महामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्ति, खुमबहादुर र शेखरले पाएको मत, यो सबै हेर्दा कांग्रेस अब धर्म्निरपेक्षताबाट पछि हट्छ ?
कांग्रेस नभन्नुस् । चाहे महामन्त्रीले दिनुभएको अभिव्यक्ति होस् वा हिन्दु धर्म हुनुपर्छ भन्ने साथीहरुको माग होस्, यो पार्टीको घोषित लाइन होइन । अब पार्टीले घोषणा गर्छ कि गर्दैन भविश्यले बताउँला, तर अहिलेसम्म आएको सबै व्यक्तिगत कुरा हो ।
धर्म निरपेक्षताबारे तपाईँको व्यक्तिगत विचार के हो ?
जनमत संग्रहमा जानुपर्छ । र, जनतालाई निर्णय गर्न दिन ढिला पनि गर्नुहुँदैन ।
अघि तपाईले भन्नुभयो कि यदि म सभामुख रहेको भए धर्म निरपेक्षताबारे गर्न दिने थिइँन । त्यसबेला तपाई सभामुख रहेको भए राजतन्त्रका बारेमा के गर्नुहुन्थ्यो ? संविधानमै छ नि ।
पुनःस्थापित प्रतिनिधिसभाबाट राजतन्त्र अन्त्यको घोषणा गर्न अवरोध गर्नुहुन्थ्यो ?
म सभामुख भएको भए जनताकहाँ जाउँ भन्थेँ । किनकि साँच्चिकै आन्दोलनको माग त थिएन त्यो ।
भनेपछि, जसरी गणतन्त्र घोषणा भयो, तपाई सभामुख पदमा रहेको भए यति सजिलै राजतन्त्र अन्त्य हुने थिएन ?
सक्थ्यो । तर, त्यो ढंगले होइन । परिर्वतन भएको जनतालाई थाहा छ । तर, परिर्वतन भएको कुराले कुन(कुन कुरालाई स्थापित र विस्थापित गर्ने भन्ने जनतालाई थाहै छैन । यदि म भएको भए प्रजातान्त्रिक तरिकाले, संविधानसम्मत तरिकाले जनताको भावना अनुसार गणतन्त्र आउँथ्यो ।
तपाई गणतन्त्रवादी कि राजावादी ?
म गणतन्त्रवादी । अबको मेरो उद्देश्य भनेको राष्ट्रपति हुने हो । अर्को पटक राष्ट्रपतिको उम्मेदवार म हुँ ।
कहिले हुने टुंगै नभएको राष्ट्रपति चुनावको उम्मेदवारमा दाबी गर्नुभयो। तर, तपाईलाई पार्टीकै मतदाताले पत्याएको देखिएन । महाधिवेशनको परिणामलाई कसरी हेर्नुभएको छ ?
म अन्त्यन्त सन्तुष्ट छु । तपाईले हाम्रो महाधिवेशनस्थल भृकुटीमण्डप, त्यससँग जोडिएको सडक र सभागृहको क्षेत्रलाई हेर्नुभयो भने त्यहाँ समाजवाद पूरै पोखिएको थियो । भित्ताभित्तामा समाजवाद टाँसिएको थियो, रुखरुखमा समाजवाद हल्लिएको थियो । अब म प्रश्न गर्छु, मेरै पार्टीलाई र म आफूलाई, यदि त्यहाँ पोखिएको समाजवादलाई जम्मा गरेर भूकम्पपीडित गाउँ बनाएको भए कतिवटा गाउँ बन्थे ? म भन्छु–तीनवटा गाउँ बन्थे ।
समाजवाद त्यो हो ? बाजागाजा समाजवाद हो ? हामी त कुनै कम्युनिष्ट पार्टीसँग चुनाव लड्दैछौं कि जस्तो थियो । यसरी समाजवादलाई सडकमा पोख्नु कांग्रेसलाई मर्यादित विषय होइन । र, प्रजातान्त्रिक अभ्यास पनि होइन ।
तपाईँले चाहिँ कति खर्च गर्नु भो ?
तपाईँले पत्याउनु हुन्छ ? मैले कार्डचाहिँ छापे है । त्यति हो मैले गरेको । मैले समाजवादको अपमान गर्न होइन, आफ्नो परिचय हातमा बोक्न महाधिवेशन प्रतिनिधिको टाउका गनेर ३२ सय वटा छापेको थिएँ ।

त्यसोभए आफूले पाएको मतप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?
जति मत आयो, त्यो इमान्दार, निष्ठावान र चरित्रवान र मुलुकको प्रजातन्त्र र स्थायित्वका निमित्त चिन्तित छन्, त्यस्ता मजस्तै साथीहरुले दिएका हुन् । मेरो ४७ भोट बदर भयो, ८४० मत पाएँ, म अन्त्यन्तै सन्तुष्ट छु । मेरो ठूलो मूल्यांकन हो यो ।
तर, देउवाको प्यानलमा पर्दा पनि केन्द्रीय सदस्य जित्न सक्नुभएन, किन ?
त्यो प्राविधिक कुरातिर जान चाहन्नँ म ।
धोका वा अन्तरघात पो भयो कि ?
त्यति शब्द पनि म प्रयोग गर्दिनँ । मैले जे पाएँ, त्यो मेरा लागि ठूलो सम्पत्ति हो । मैले जति मत पाएको छु, त्यही मतका आधारमा र त्यही विवेक प्रयोग गर्ने साथीहरु नै मेरा भोलिका कदमका प्रेरणा हुन् ।
भनेपछि यही मत देखेर राष्ट्रपतिको उम्मेदवार दाबी गर्नुभएको हो त ?
त्यही कारणले हो ।
यसअघि राष्ट्रपतिबारे सोच्नुभएको थिएन ?
एउटा पेपर साथीहरुको हातमा पु¥याएको भरमा मात्र भोट त आएको होइन होला नि मेरो । विगतको मेरो मूल्यांकन र भोलिको आवश्यकतालाई हेरेर साथीहरुले मत दिनुभएको होला नि । त्यसकारण त्यो परिपक्व मत हो । न्यायप्रेमी मत हो । निष्ठावान कांग्रेसीहरुको मत हो । त्यसैका आधारमा मैले सोचेँ, अब राष्ट्रपतिको उम्मेदवार हुन्छु ।
तपाईँकै शब्दमा भन्दा आफ्नो भन्दा अरुका कारण पछि पर्नुभएको हो । भोलिका दिनमा पनि राष्ट्रपतिको उम्मेदवार बन्न सजिलो होला र ?
किन नहुने ? देखिहाल्नु भो नि, राष्ट्रपतिमा कुलबहादुर गुरुङलाई उम्मेदवार बनाएको । हेर्नुस् त कति निष्ठावान, हार्छु भन्ने थाहा हुँदाहुँदै पनि एउटा साथी प्रस्तुत हुन्छ । जब कि स्वार्थको राजनीति गर्न चाहनेहरु कोही प्रस्तुत हुँदैनन् । एउटा पद्धति, संविधानको मर्यादाका लागि हो उहाँ प्रस्तुत हुनुभएको हो । हो, त्यस्तै धेरै आधारहरु छन्, जसले मलाई उत्प्रेरित ग¥यो ।
तर, तपाईँको हकमा पनि त्यस्तै होला नि । हार्ने देखेपछि कुलबहादुर गुरुङलाई खोजेजस्तै तपाईलाई खोज्लान्, जित्ने अवस्थामा पार्टीले अरुलाई नै खोज्ला ‘म तपाईँहरुको अगाडि सपथ खान्छु, निष्टाको राजनीतिबाहेक कुनै विकृति र विसंगतिलाई बोकेर न म राजनीति गर्छु, न कुनै पदमा उम्मेदवार हुन्छु ।
कहिले पालो आउँछ निष्ठावानहरुको ?
इमान्दारको पालो आउने पद्धति सुरु भो । यदि शेरबहादुरजीले यो सभापति पदको गरिमालाई अन्तरमनदेखि नै आंकलन गर्नुभएको छ भने तपाईँले देखेको भविष्यका लागि उहाँ प्रस्तुत हुनुहुन्छ । एक्लैले त कसैले सक्दैनन् ।
खै कसरी होला र ? कांग्रेसकै कार्यकर्ता हुन् खुमबहादुरलाई धेरै भोट दिएर जिताउने ...
उहाँले रिझाउनुभो होला ।
अब खुमबहादुर उपसभाति हुने होला ...
माग गर्ने त अधिकारको कुरा भो । तर, शेरबहादुरजीले जेसुकै गरे पनि सामूहिकरुपमा लिडरहरुको पनि लिडरका रुपमा अघि बढ्नुपर्छ । हेर्नुस् त, देशमा जातजाति, भूगोलदेखि प्रदेशको सीमासम्म असन्तुष्टि नै असन्तुष्टि छ । यसलाई उचाल्न शक्ति केन्द्रहरु खेलिरहेकै छन् । यो त शेरबहादुरजीलाई सफलतम सभापति हुने अभूतपूर्व मौका हो । तर, म सभापति भइहालेँ, म जे चाहन्छु, त्यही गर्छु भन्ने हो भने उहाँ असफल हुनुहुन्छ ।
के तपाईँ देउवा सफल हुनेमा आशावादी हुनुहुन्छ ?
म आशावादी छु, उहाँले सहसल्लाह गरेर कदमहरु चाल्नुहुन्छ । तर, उहाँलाई एउटा कुरा सिकाइराख्नुपर्दैन, उहाँ तुरुन्त निर्णय लिन सक्ने क्षमताको मान्छे हो ।
उसोभए कांग्रेसको अबको चुनौती के त ?
चुनौती पार्टी्भित्र पनि छ । समग्र मुलुकले सामना गर्नुपरेको चुनौती कांग्रेसको पनि चुनौती हो ।
तर, यसमा उज्यालो पक्ष के छ भने गाउँदेखि चलायमान भएको छ र सबैलाई पार्टी एकताको चिन्ता छ । प्रजातन्त्र सवलीकरणको चिन्ता छ । साथै मुलुकको बिग्रँदो स्थिति भूकम्प, आन्दोलन र नाकाबन्दीको परिणाम दुई ढंगको अर्थतन्त्र छ । यसलाई उचित ढंगले सम्बोधन गर्नुपर्छ ।
के तपाईँले मधेसलाई इन्कार गरेर जान सक्नुहुन्छ ? कांग्रेसको सबैभन्दा ठूलो जग भनेको मधेस हो । प्रजातन्त्रको ठूलो जग मधेसीहरु हुन् । त्यसले जतिसक्यो चाँडो मधेसवादीका मागहरुलाई सम्बोधन गर्नुपर्छ । तर, प्रजातन्त्र, राष्ट्रियता, प्रादेशिक अखण्डताविरुद्ध गएर होइन । अनि भूकम्पले हल्लाएका गाउँहरु निर्माण गर्नुपर्छ । विश्व समुदाय चिन्तित छ ।
तर, यो सरकारले केही पनि काम गर्न सकेन, कांग्रेसले अब के गुर्नपर्छ, आफ्नै सरकार बनाउने कि यसैमा सामेल हुने ?
यो बहुरंगी सरकार छ नि त । ओलीजी त्यत्रो पार्टीको ठूलो नेता हुनुहुन्छ । प्रधानमन्त्री सुयोग्य र खारिएको नेता पनि हो । तर, उहाँका मित्रहरु कोही गणतन्त्रविरोधी छन्, संघीयता चाहिँदैन भन्नेहरु पनि त्यही छ । अर्थात स्वार्थको खेल मात्र हुन्छ त्यहाँ, गति लिन सक्दैन ।
कांग्रेसले अब तपाईकै शब्दमा ‘बहुरंगी सरकार’ को बाटो हेर्छ कि आप्mनै नेतृत्वमा सरकार बनाउँछ ?
म स्पष्ट भन्छु र मलाई कुनै मोलाहिजा पनि होइन, कांग्रेसले अहिले यो सरकार हुँदैन भनेर भन्ने सक्ने स्थिति छैन । कसको बलले भन्ने ? प्रचण्डजीलाई प्रधानमन्त्री दिने हो भने सम्भव होला, होइन कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने हो भने किन आउँछ माओवादी ? अहिलेकै सरकारमा मन्त्रीहरु छन्, मन नपरे फेर्न सक्छन् ।
मेरो प्रष्ट मत छ, प्रचण्डजीलाई प्रधानमन्त्री मानेर कांग्रेस सरकार बनाउनुहुन्न । महाधिवेशन सकिए पनि आफ्नो नीति र कार्यक्रम तल्लो तहसम्म पु¥याउन सकिएको छैन । भातृ संस्थाहरु निष्कृय छन् ।
भूकम्पपछिको पुनर्निर्माणदेखि मधेसवादीहरुलाई सम्बोधन गर्न बाँकी छ । यो सबैलाई छाडेर सरकार फेर्ने कुरामा कांग्रेस लाग्दा अस्थिरता निर्माण गर्ने यही पार्टी हो भन्ने हुन्छ । यो गर्न हुँदैन ।
तर, प्रचण्ड कांग्रेसलाई प्रधानमन्त्री मान्न तयार भए भने ?
कांग्रेस जानुहुँदैन । किनभने यसो गर्दा कांग्रेस अस्थिरताको कारक बन्छ ।
धेरैले त शेरबहादुरजी पावरको भोको मान्छे हो भन्छन् नि ?
अहिले शेरबहादुरजीलाई त्यो दोष नलगाउनुस् । अहिले प्रधानमन्त्री म बनिहाल्छु भन्ने स्थितिमा उहाँ हुनुहुन्न ।
स्रोत ः अनलाइनखबर









Post a Comment

 
Top