0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुंगामा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  सोमबार एक कार्यक्रमका बीच श्रमिक बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरेको छ । पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत पोखरा–११ रामघाटमा संचालित सम्पर्क केन्द्रमा रहेका ६२ जना बालबालिकाहरुलाई विद्यालयको झोला, कापी कलम लगायतका सामाग्रीहरु बितरण गरिएको मिलिजुलीका अध्यक्ष मीनराज काफ्लेले जनाए ।
मिलिजुलीले आफ्नो वार्षिकोत्सवको अवसरमा श्रमिक बालबालिकाहरुलाई यो सहयोग गरेको हो । मिलिजुली बचतका अध्यक्ष मीनराज काफ्लेको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहकारीका शिक्षा समिति संयोजक तथा कार्यक्रममा समेत संयोजक रहेका मधुुसुधन कोइराला,निवर्तमान अध्यक्ष कमलनाथ कुँवर, बालश्रम  न्यूनिकरण कार्यक्रमका संयोजक भक्तराज रसाइली, सहकारीका उपाध्यक्ष विष्णुप्रसाद सुवेदी, कोषाध्यक्ष युक्तबहादुर सुवेदी, लेखा संयोजक लेखनाथ सोती, सचिव ज्ञानहरि आचार्य,केवल बज्राचार्य, टीकाराम सुवेदी,लेखनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रमका रेवत बज्राचार्य, टीकाराम सुवेदी र लेखनाथ पौडेलले श्रमिक बालबालिकाहरुलाई व्यक्तिगत रुपले पनि शैक्षिक सामाग्री सहयोग गरेका थिए

Post a Comment

 
Top