0
गर्मीको तातोसँगै डिहाइडे«सन, सनवर्नजस्ता समस्या सुरु हुन्छन्। यस्तो अवस्थामा स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ । समयमै सजग भए स्वस्थ जीवन बिताउन सकिन्छ । गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ । यसअन्तर्गत लडेर, एक्सिडेन्ट परेर पनि धेरै बिरामी अस्पताल आउँछन् । गर्मीमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ। अझ तराईमा फोहोरमैलाका कारण डेंगु, मलेरिया आदि रोग लाग्छन् । नदी एवं खोलानालाको वरपर फोहोर जम्ने भएकाले त्यस्ता ठाउँमा लामखुट्टे धेरै हुन्छन् । त्यही फोहोरमा बसेको लामखुट्टेले टोक्दा मलेरिया हुने सम्भावना बढ्छ ।
गर्मीमा बढी हावाहुरी चल्ने भएकाले आँखामा धुलो पर्छ। फलस्वरूप कन्जेटोभाइटिस (आँखा रातो हुने समस्या) देखा पर्छ । यसैगरी धुलोको एलर्जीले पनि धेरैलाई पिरोलेको पाइन्छ ।
डिहाइड्रेसन गर्मीमा धेरैलाई डिहाइड्रेसन हुन्छ । बढ्दो तापक्रमसँगै वरपरको वातावरण पनि सुख्खा हुन्छ अनि गर्मी हुने भएकाले पसिना बढी आउँछ । फलस्वरूप शरीरमा पानीको मात्रा कम हुन्छ । यसबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । धेरै तिर्खा लागेको छ भने त्यही समयमा पानी पिउनुपर्छ । एकछिनपछि पिउँछु भनेर बस्नु हुँदैन । काँक्रा, खरबुजा, भुइँकटहरले पनि शरीरलाई रसिलो बनाउँछ । यसैगरी नरिवल पानी सेवन गर्नु पनि लाभदायक हुन्छ ।
झाडापखाला तथा बान्ता गर्मीमा फोहोर–मैला व्यवस्थापन राम्रोसँग नहुँदा यस्तो समस्या बढी देखा पर्ने गरेको छ । आकाशबाट पानी पर्ने भएकाले घर वरपर फोहोर पानी जम्मा हुन्छ । फोहोर तथा नपखालिएको खानेकुरा खाए झाडापखाला लाग्ने सम्भावना हुन्छ।
दमका रोगीले विशेष ध्यान पु¥याउनुपर्छ गर्मीमा बढी धुलो उड्ने भएकाले दमका रोगीलाई समस्या हुन्छ । हावाहुरी चल्ने समयमा घरबाहिर निस्कनु हुँदैन । घाममा हिँडडुल गर्नुपरे छाता ओढ्नुपर्छ । एकपटक दम रोग लागेपछि पछिसम्म पनि त्यसले पिरोल्ने भएकाले ध्यान पु¥याउनु पर्छ ।
गर्मीमा कन्जेक्टोभाइटिस (आँखा रातो हुने) पनि बढी हुन्छ । हावाहुरी चल्ने भएकाले धुलो उडेर आँखामा पर्छ । फूलको परागकणले गर्दा पनि यस्तो समस्या देखापर्छ । त्यसैले घाममा एक्सपोज हुनुअघि सनग्लास लगाएर हिँड्नुपर्छ । बाहिर हिँडड्ुल गरेर आएपछि चिसो पानीले आँखा धुनुपर्छ ।
छालाको समस्याः गर्मीको आगमनसँगै छालामा पर्याप्त समस्या देखापर्छन् । धुलो तथा फूलको परागकणले गर्दा छाला चिलाउनुका साथै रातो पनि हुन्छ । छाला कालो हुने साथै चिलाउने समस्या देखिन्छ । त्यसैले छालालाई घामबाट जोगाउन हिँडडुल गर्नुअघि क्रिम लगाउनुपर्छ । त्यसले सूर्यको प्रकाशबाट आउने हानिकारक किरण्ँले छालामा पु¥याउने असरबाट जोगाउँछ । शरीरमा मोस्चराइजर पनि प्रयोग गर्नुपर्छ । पुरुषले सेभिङ गर्दा छालामा समस्या देखापर्न सक्छ । त्यसैले राम्रो सेभिङ लोसन तथा अङ्खटर सेभ प्रयोग गर्नुपर्छ ।
खानपानमा ध्यानः गर्मीमा खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । हलुका तथा चिल्लोरहित खानेकुरा खानुपर्छ । गर्मीमा धेरै चिल्लो एवं मसलायुक्त खानाले फाइदा हुँदैन । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । रसिला फलफूल तथा सागपात बढी खानुपर्छ। खानामा सलाद पनि प्रयोग गर्नुपर्छ ।
व्यायामः नियमित रूपमा बिहान सबेरै हिँडडुल गर्नुपर्छ । गर्मीमा बेलुका तातो हावा बहने भएकाले बिहानको स्वच्छ र ताजा हावामा हिँडडुल गर्नु उत्तम हुन्छ । धेरै व्यायाम गर्दा शरीरबाट बढी पसिना बाहिर निस्कने भएकाले हल्का व्यायाम गर्नुपर्छ ।
टाउकाको पीडाः गर्मीमा टाउको दुख्ने समस्याले पनि सताउँछ। न्यूरोलोजिकल डिसअर्डरले गर्दा यस्तो हुन्छ । शरीरमा पानीको मात्रा कम हुने भएकाले टाउको दुख्छ । डिहाइड्रेसनका कारण पनि टाउको दुख्छ । त्यसैले बढी रसिला खानेकुरा खानु लाभदायक हुन्छ। पानी पनि प्रशस्त मात्रामा पिउनु पर्छ ।
समाधानका उपायः गर्मीमा सूर्यको तापक्रम बढी हुने भएकाले छालामा एलर्जी हुने समस्या पनि देखा पर्छ । त्यसैले भरसक घाममा हिँडडुल गर्नुहुँदैन । हिँड्नै परे छाता ओढेर हिँड्नुपर्छ । शरीर तथा शरीरका अन्य खुल्ला भागमा घामबाट जोगिने खालको क्रिम लगाउनु पर्छ । यसैगरी कन्जेटिभाइटिस बाट बच्न सनग्लास लगाउनु पर्छ । प्रशस्त मात्रामा पानी पिउनु पर्छ । बासी, सडेगलेका खानेकुरा खानु हुँदैन । राम्रोसँग पखालेर पकाइएको खानेकुरा खानुपर्छ । गर्मीमा वरपरको वातावरण सफा राख्नु जरुरी छ ।
यसैगरी जाडोमा झैँ गर्मीमा पनि विभिन्न मौसमी रोग लाग्ने गर्दछ । गर्मीमा हुने लु, पानीको कमी ,फूड पोइजनिंग, थकान सामान्य रोगहरु हुन् । केही सावधानी अपनाए यस्ता बिमारीबाट बच्न सकिन्छ । चिकित्सकहरुका अनुसार हट एग्जाशन गर्मीको एक प्रकारको साधारण बिमारी हो । जसको कारण शरीरको तापमान ३७ डिग्री सेल्सियस बाट ४० डिग्री सेल्सियस सम्म पुग्दछ । रिगटा लाग्ने, कमजोरी, अत्यधिक प्यास लाग्ने, टाउको दुख्ने र छटपटी लाग्ने यस रोगको मुख्य लक्षण हुन् । यस्तो लक्षण देखिएमा तुरुन्त पानी खुवाउनु पर्दछ । यो रोग पानीको कमीका कारण हुने गर्दछ । 
हट–स्ट्रोक हुँदा शरीरको तापमान ४० डिग्री सेल्सियस सम्म बढ्छ । जसको कारण शरीरका अन्य कार्यप्रणालीले काम गर्न बिस्तारै छोडदछ । हट–स्ट्रोकमा बिमारीको शरीरको तापमान अत्यधिक बढ्दछ । यस्ता रोगका कारण छाला सुख्खा हुने , शरीरमा पानीको कमीहुने, कमजोरी महसुस हुने, श्वासप्रश्वासमा समस्या आउने र बिमारी बेहोश हुने गर्दछन् । हट–स्ट्रोकबाट बच्न अत्यधिक गर्मी हुने समयमा घरबाट बाहिर ननिस्कने, अत्यधिक मात्रामा पानी, जूस तथा तरल पदार्थ पिउने ताकि शरीरमा पानीको कमी नहोस । हल्का खालको कपडा लगाउने। फूड पोइयजनिंग गर्मीयाममा बढी मात्रमा हुने गर्दछ । गर्मीको समयमा खानपिनमा बढी ध्यान दिनुपर्दछ । 
अत्यधिक तापमानको कारण खानामा बैक्टीरीया हुनसक्छ ।जसको कारण फूड पोइयजनिंग हुनजान्छ । सडकमा खुल्लारुपमा राखिएको कुनै पनि खानेकुरा खानु हुदैन । पिउने पानी सधंै घरबाट नै लिएर हिड्नुपर्छ । अल्ट्रा वायलेट किरण र घामबाट बच्न चश्मा र क्यापटोपी सधै प्रयोग गर्न सकिन्छ ।

प्याज खानुका १० फाइदा

सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा  मात्र सप्मित छैन ।
प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ । प्याजका १० फाइदा यस्ता छन् ः
प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । जसका कारण हामीले खाएको खानेकुरा राम्रोसँग पच्दछ र पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।
प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।
प्याजमा क्रोमियम तत्व हुन्छ जसले रगतमा भएको चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।
काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।
दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।
प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।
तपाइँको जिउमा कतै माहुरीले चिलेको छ ? यदि माहुरीले चिल्यो भने उक्त ठाउँमा प्याजको रस लगाउनुहोस्, दुखाइ तथा सुन्निने क्रम पनि कम हुन्छ ।
प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्ट्रिक अल्सरको जोखिम कम हुन्छ । प्याजमा भएको तत्वले सरीरको फ्रि रेडिकल्स हटाउन मद्दत गर्दछ ।
नाकबाट विभिन्न कारणले रगत बगिरहेको छ भने काँचो प्याज काटेर सुँघ्नाले रगत बग्न बन्द हुन्छ ।
प्याजमा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यसमा हुने क्वेर्से्टिन नामक यौगिकले क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

के गोलभेंडाले मृगौलाको पत्थरी गराउँछ ?

कतिपय खानेकुराहरुको बारेमा हामीहरुमा एक प्रकारको मान्यता अर्थात् मिथक हुन्छ । त्यस्तो मान्यता भलै गलत नै किन नहोस् तर मानिसहरुले त्यसलाई सही भनेर स्विकारी रहेकै हुन्छन् र सोही बमोजिम गर्दछन् । यस्तै एउटा मान्यता गोलभेँडाको विषयमा पनि छ ।
गोलभेँडा खानाले मृगौलाको पत्थरी हुन्छ भन्ने मान्यताका कारण कतिपयले त गोलभेँडा नै खान छाडेको हामीले देखेका छौँ । के यो साँचो हो त ? गोलभेँडाले मृगौलाको पत्थरी बनाउँछ त ? वास्तवमा अक्जालेट तत्वयुक्त खाद्य पदार्थको सेवनले मृगौलामा पत्थरीको सम्भावना हुन्छ । गोलभेँडामा पनि अक्जालेट तत्व हुन्छ । तर यो गोलभेँडामा अक्जालेट तत्व मृगौलामा पत्थरी गराउने हानिकारक मात्रामा हुँदैन । जसका कारण गोलभेँडाको सेवनले मृगौलाको पत्थरीको खतरा रहँदैन । तर यदि ठूलो परिमाणमा नियमित रुपमा गोलभेँडा खानाले भने अक्जालेट तत्वको अधिक आपूर्ति हुने र मृगौलामा पत्थरीको जोखिम बढ्ने गर्छ, स्वभाविक रुपमा । तर सन्तुलित मात्रामा वा ठिक्क मात्रामा गोलभेँडामा खानाले मृगौलाको पत्थरी हुने सम्भावना रहँदैन । 
विज्ञहरुका अनुसार चिया, कफी, पालुंगो तथा विभिन्न सफ्ट ड्रिंक्सहरुमा अक्जालेट तत्व अधिक मात्रामा पाइने भएकाले त्यस्ता पदार्थ बढि खानाले मृगौलामा पत्थरीको खतरा बढ्दछ । धेरै धेरै नूनयुक्त अचारको सेवन बढि गर्नु पनि मृगौलाको पत्थरीको कारण बन्न सक्दछ ।

बढि चिनी खानाले मस्तिष्कमा क्षति ?

धेरै गुलियो पदार्थ खानाले मोटोपना तथा मधुमेह लगायतका समस्याको जोखिम बढ्ने कुरा त सबैलाई थाहै छ । तर हालैको एक अध्ययनले भने बढि चिनीको सेवनले मस्तिष्कका कोशिकाहरुमा क्षति पूराउने र मानिसको स्मरण क्षमतालाई पनि नराम्रोसँग असर पूराउने तथ्य पत्ता लगएको छ ।
अस्ट्रेलियाको न्यू साउथवेल्स विश्वविद्यालयका शोधकर्ताहरुले हालै गरेको अनुसन्धानमा यो तथ्य पत्ता लागेको हो । शोधकर्ताहरुका अनुसार चिनीको बढि मात्राले मस्तिष्कमा असर पूराउँछ र तनावमा पनि बढोत्तरी ल्याउँदछ ।
शोधकर्ताहरुका अनुसार दैनिक ५० ग्राम भन्दा बढि चिनीको सेवनले मस्तिष्कमा नोक्सान पूराउँदखछ र यसको कार्यप्रणालीमै असर पूराउँदछ । यसबाट मानिसको स्मरण क्षमतामा पनि गिरावट हुन्छ । शोधकर्ता जयन्ती मनियम तथा मार्गरेट मोरिसले भनेका छन् ः हामी सबैलाई थाहै छ की गुलियो पदार्थको धेरै सेवन गर्नु दाँत तथा पेटका लागि हानिकारक छ, तर नविनतम अनुसन्धानमा यो पत्ता लागेको छ की चिनीले दिमागको त्यस भागमा असर पूराउँदछ जसले व्यवहार तथा स्मरणमा भूमिका खेल्दछ ।शोधकर्ताहरुले १५ दिनसम्म मुसाका विभिन्न ३ समूहमा अध्ययन गरी यो निष्कर्षमा पुगेका हुन् । त्यसक्रममा नियमित रुपमा चिनी खुवाइएका मुसाहरुको मस्तिष्कका कोषहरुमा नोक्सान पुगेको पाइएको थियो ।
शोधकर्ताहरुका अनुसार अत्यधिक चिनीको सेवनले न्युरोन्स अर्थात् स्नायु कोशिकाको विकाशका लागि जिम्मेवार मानिने न्युरोड जिनलाई असर पूराउँदछ । जसका कारण मानिसमा तनाव, डिप्रेसनका साथै स्मरण शक्तिको गिरावट जस्ता समस्या देखा पर्दछन् ।



Post a Comment

 
Top