0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ५ स्थित सीमानामार्गमा निर्माण भएको बाटो उद्घाटन गरिएको छ । ढुङ्गेखोला टोल विकास संस्थाको अगुवाइमा उक्त बाटो हालै निर्माण एवं ढलान भएको थियो ।   २५० मिटरको बाटो २५ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको संस्थाका अध्यक्ष विश्वनाथ पोडेलले गोल्डेन न्यूज दैनिकलाई बताए । उनले बाटो निर्माण कार्यमा सहयोग पु¥याउने सबै टोलवासीलाई धन्यवाद ज्ञापन गरे । उनले उक्त बाटोलाई ढुङ्गेखोला, धारापानी हुँदै जरेबरसम्म जोड्न सके राम्रो हुने स्पष्ट पारे । बाटोको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले टोलको विकास बिना शहरको विकास असम्भव रहेकाले टोलको विकासमा नगरपालिकाले विशेष ध्यान दिने बताए । उनले शहर विकासको जुनसुकै काममा अवरोध हुने खालका कुनैपनि गतिविधि नगर्न उनले आग्रह गरे । टोल विकास समन्वय समितिका अध्यक्ष उज्जवल खत्रीले बाटोको काम छिटो गर्नुभन्दा भन्दा गुणस्तरीय बाटो निर्माण गर्नु आजको आवश्यकता भएको बताए । संस्थाका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी टोल विकास संस्थाका अध्यक्ष धनन्जय पौडेल, संस्थाका कोषाध्यक्ष लिलाधर चपाइँ,  सहजकर्ता प्रदीप पौडेल लगायतले बोलेका थिए ।






Post a Comment

 
Top