0
हरि पन्त
पोखरा १७ चैत्र ।
लायन्स क्लव ईन्टरनेशलन डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आगामी बैशाख ४ गते पोखरामा हुने चौथो महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि ४६ वटा बिभिन्न उप–समिति गठन गरी तयारीलाई तीव्ररुपमा तयारी अघि बढाईएको कन्भेनर दिनवन्दु पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । महाधिवेशनमा स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा तयारीका लागि बसेको स्वास्थ्य ब्यवस्थापन समितिको बैठकले कार्यक्रममा सहभागिहरुको स्वास्थ्यमा अकश्मात आउन सक्ने समस्यालाई मध्यनजर गरी वास्थ्य सेवा प्रवाह गर्ने जनाएको छ । स्वास्थ्य ब्यवस्थापन समितिको बैठक समितिका संयोजक शान्ति उदासको अध्यक्षतामा बसेको थियो । बैठक महाअधिवेशनमा सहभागी लायन्सका प्रतिनिधिहरुलाई अकस्मात रुपमा पर्न सक्ने विभिन्न स्वास्थ्य समस्याहरुको उपचार र उचित ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा छलफल भएको समितिका सल्लाहकार डा. नारायण गौतमले बताए । महाधिवेशनको दिन सभागृह हलको दाँया स्थानमा सुविधा सहितको आकस्मिक उपचार कक्षको स्थापना गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले महाअधिवेश न अवधिभर पूर्णरुपमा सेवा सञ्चालन गर्ने निर्णय बैठकले  गरेको छ । त्यस अवधिका तीनओटा लायन्सका डिष्ट्रिक्ट अन्तर्गतका एम्वुलेन्सहरु तैयारी अवस्थामा राखिने निर्णय भएको छ । आवश्यक औषधि, स्लाईन, सुचर गर्ने सामाग्री, अक्सिजनसहित पर्याप्तमात्रामा स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने समेत बैठकले निर्णय गरेको छ ।  त्यसैगरी प्राथमिक उपचार डेस्कसहित छुट्टै स्टलको निर्माण गरी प्राथमिक उपचार सेवा केन्द्र लेखेको ब्यानर टाँगिएको स्थानको ब्यवस्था गरिने, उपचार सेन्टरमा सुगर (चिनी) रोगका बिरामी भएको आशंका लागेमा सम्वधित डाक्टरले तत्काल डाइनोसिस गर्न चिनी रोगको ल्याव परीक्षण समेत गरिने छ ।

महाअधिवेशन नजिकिंदै गर्दा बिभिन्न समिति र उप–समितिहरुले आ–आफ्ना जिम्मेवारीलाई कसरी अघि बढाउने भनि बैठक एवं छलफल समेत गरिरहेका छन् भने कतिपय समितिहरुले कार्यलाई तीव्रता दिई सकेको मूल आयोजक समितिका सचिव किशोर बरालले जानकारी दिए । महाधिवेशनमा सहभागी हुनका लागि बुधवार सम्ममा करिब १ हजार ६ सय ५० लायन्स प्रतिनिधिले रजिष्ट्रेशन गरिसकेको बताइन्छ । जसमध्ये बाग्मती अञ्चलबाट करिब ८ सय र गण्डकी र धवलागिरीबाट ८ सय ५० जना छन् ।
त्यसैगरी ल्बोड प्रसर, तौल, हाईट, र मुटुका विरामीकोलागि आवस्यक भएमा इसिजी समेतको ब्यवस्था गरिने भएको छ । अकस्मात भैपरी आउन सक्ने दैविकप्रकोपलाई मध्यनजर गरी पोखराको गण्डकी मेडिकल कलेज र पश्चििञ्चल क्षेत्रीय अस्पतालको इमर्जेजेन्सी वाडमा २ वटा चियरको ब्यवस्थाकोलागि पत्राचार गरी ब्यवस्था मिलाउने समेत निर्णय गरिएको छ । भूकम्प र आगलागीलाई मध्यनजर गरी केही संख्यामा भोलन्टियर समेत परिचालन गर्ने बताईएको छ । मृगौला, थाईराईड, ल्बडप्रेसर, मधुमेह, (सुगर) र ग्याष्ट्रिक रोगका वारेमा जानकारी दिन ब्रोसर सम्पूर्ण सहभागीहरुको किटब्यागमार्फत उपलब्ध गराउने र त्यसका लागि संयोजक शान्ति उदासले प्रायोजन गर्ने बताईएको छ । 
महाअधिवेशनका लागि तीन वटा एम्वुलेन्स प्रयोग गरिने,  ब्यानर, टुइन ल्बास्ट, स्वयंसेवकको ब्यवस्था, रजिष्ट्ररको ब्यवस्था र स्टलको निर्माण ब्यवस्थापनको सह–संयोजक नरहरि पौड्याललाई बनाइएको छ  । उपचारका लागि आवश्यक सामाग्री र प्राथमिक उपचार र आवश्यक स्वास्थ्यकर्मीको ब्यवस्था, स्वास्थ्य सम्वन्धी ब्रोसरको छपाई, अकस्मात भैपरिआउन सक्ने समस्यालाई मध्यनजर गरी अस्पतालमा २ वटा बेडका लागि आवश्यक पहल गरिने महाधिवेशन सह–संयोजक सुचित्रा थापाले बताइन । त्यसैगरी ग्लुको मिटर र तौल तथा हाईट नाप्ने उपकरण र बिपिसेट स्थेथेस्कोपको ब्यवस्था सल्लाहकारद्वय डा. नारायण गौतम् र बिष्णु चापागाइँले गर्ने निर्णय भएका स्वास्थ्य संयोजक उदासले शान्ति बताईन् ।

 समितिको बैठक आवश्यकता अनुसार पुनः बस्ने बताइन्छ ।  वैठकमा आमन्त्रित अतिथिका रुपमा महाअधिवेशन मूल आयोजक समितिका संयोजक दिनवन्दु पौडेल र सह–संयोजक सुचित्रा थापा समेत सहभागी थिए । समितिको संयोजकमा सेतीगण्डकी लायन्सकी शान्ति उदास, सह–संयोजकमा न्यूरोड चौतारीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक मिडिया रिलेसन सदस्य नरहरि पौड्याल, सदस्यहरुमा डा. कृष्ण पौडेल, रन्जिता कर्मचार्य, रहेका छन भने सल्लाहकारहरुमा डा. नारायण गौतम, डा.बिष्ण चापागाई, डा. वसन्त ताम्राकार र इन्दिरा बराल रहेका छन् ।

Post a Comment

 
Top