0
गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघको टोलीसँग बुढानिलकण्ठस्थित आफ्नै निवासमा कुराकानी गर्दै नेपाली काँग्रेसका नवनिर्वा्चित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई पार्टीले पूरा गर्ने बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ) को बधाई तथा शुभकामना ग्रहण गर्दै उनले संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले त्यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले मुलुकमा विद्यमान प्रदेश सीमाङ्कनलगायतका मधेसवादी दलका मुद्दालाई समाधान गर्न पार्टीले सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरे। पार्टीको भ्रातृ सङ्गठन नेविसङ्घको लामो समयदेखि अधिवेशन हुन नसक्दा युवाको नेतृत्व विकास र शैक्षिक मुद्दा प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै उनले केन्द्रीय समितिले पूर्ण
ता पाएलगत्तै नेविसंघलगायतका सबै भ्रातृ सङ्गठनको अधिवेशन गराउन पहल गर्ने बताए। सभापति देउवाले भने(सङ्गठनलाई सक्रिय बनाई पार्टीलाई गतिशील र जीवन्त तुल्याउन नेविसंघलगायतका संस्थाको महाधिवेशन चाँडो हुनुपर्छ, त्यसमा मैले व्यक्तिगत रुपमा भन्नुभन्दा पनि केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डा भ्रातृ संस्थाको महाधिवेशनतर्फ केन्द्रित हुन्छ ।“ नेपाल विद्यार्थी संधका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसंघको निर्वाचन नहुँदा सङ्गठन गतिशील बन्न नसकेको र नेतृत्व विकासमा ह्रास आएको भन्दै चाँडो निर्वाचनको प्रक्रिया अघि बढाउन पहल गर्न सभापति देउवासमक्ष आग्रह गरे। उनले विश्वविद्यालयमा पनि लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएकाले विद्यार्थी नेतृत्व र शैक्षिक मुद्दा अवरुद्ध भएको भन्दै तत्काल स्ववियु निर्वाचन गर्नका लागि पहल गरिदिन आग्रह गरे। नेविसंघका नेताहरुसँग कुरा गर्दै देउवाले आफूले सभापति पद जितेको नभइ पार्टीका नेता÷कार्यकर्ताहरुबाट थप जिम्मेवारी प्राप्त गरेको बताए । महाधिवेशनलाई आफूले हारजितको रुपमा नलिएकाले सभापति निर्वा्चित भएपछि पनि अविर नलगाएको जानकारी दिए ।‘मैले यस महाधिवेशनलाई हारजितको रुपमा लिएको छैन । त्यसैले अविर पनि लगाएको छैन,’ देउवाको भनाइ उद्धृत गर्दै नेबिसंघ प्रवक्ता लामिछानेले भने, ‘पार्टीका साथीहरुले मलाई जिम्मेवारी दिएको भन्ने रुपमा लिएको छु ।’ उनले पार्टीका सबै नेताहरुलाई मिलाएर र एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । सिमांकनको विषय टुंगो लगाउने, मधेस आन्दोलन र नाकाबन्दीले अस्तव्यस्त भएको जनजीबन सहजीकरण गर्ने र देशमा लगानीको वातावरण बनाउने आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । सभापति देउवालाई बधाई दिन नेविसंघका अध्यक्ष रञ्जित कर्ण र अन्य पदाधिकारी तथा सदस्यसहितको टोली देउवा निवास पुगेको हो ।  सभापतिमा निर्वा्चित देउवालाई बधाई तथा शुभकामना दिन नेता कार्यकर्ता तथा शुभेच्छुकको देउवा निवासमा बिहानैदेखि भीड लागेको थियो

Post a Comment

 
Top