0
गोल्डेन न्यूज संवाददाता
बदलिदो विश्व परिवेशमा स्वास्थ विज्ञानको क्षेत्रमा निकै प्रगति भइरहेको सन्दर्भमा फार्मेसी विज्ञानको अध्ययन महत्वपूर्ण रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । नोभेल एकेडेमीमा बिफामेर्सी चौथो ब्याचका विद्यार्थीले पाँचौ ब्याचलाई गरेको स्वागत कार्यक्रमका बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।एकेडेमीका कार्यकारी प्रमुख विश्वेश्वर आचार्यले विद्यार्थीहरु समर्पित र लगनशिल भएर अध्ययन गरे सफलता मिल्ने सुझाव दिए । कार्यक्रममा पोखरा विश्वविद्यालय का पूर्व रजिष्ट्रार डा. दिपक भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि मनिपाल शिक्षण अस्पतालका डा. सुदेश ज्ञवालीले हाल स्वास्थ क्षेत्रमा अझै धेरै फर्मेसीस्टहरुको खाँचो रहेको बताए । त्यसैगरि गेष्ट अफ अनर जोन मोरिस विश्वविद्यालय यूकेका प्रोफेसर सीन मेकेले बिरामीको स्वास्थप्रति सबै स्वास्थकर्मीहरु लाग्नुपर्ने र यसमा फार्मेसिस्टको महत्वपूर्ण भूमिका हुने कुरातर्फ जोड दिए । एकेडेमीका कार्यकारी निर्देशक सिता लामिछाने, जीएसएम को–अर्डिनेटर दिपेन्द्र पहारी तथा फ्याकल्टी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिफार्मेसी संयोजक सिर्जना भट्टराई, ब्याच संयोजक रश्मी थापा, विद्यार्थीहरु तोयनाथ पौडेल, सिदार्थ कोइराला, सुरेश आचार्य तथा समिक्षा पौडेलले बोलेका थिए । स्वागत कार्यक्रममा विद्यार्थीले विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top