0
गोल्डेन न्यूज संवाददाता
वाथ रोग उपचारका लागि नेशनल बाथरोग सेन्टर काठमाडौले पोखरामा शाखा विस्तार गरेको छ । राजधानी बाहिर पहिलोपटक विस्तारित उक्त शाखा बाथरोग उपचारका लागि मात्र केन्द्रित छ । शाखाको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उद्घाटन गर्दै बाथरोगीको लागि उपचारमा काठमाडांै धाउनुपर्ने बाध्यता हटेको बताए । ५० लाख रुपैयाँ लागतमा खोलिएको शाखामा अन्तर्राष्ट्रियस्तर को ल्याव, फार्मेसी र उपचार सेवा रहेको संचालक कृष्णराज ढकालले बताए । कास्की, स्याङ्जा, पाल्पा, पर्वत, म्याग्दी, तनहुँ, लमजुङ, मुस्ताङ, गोरखा लगायत जिल्लाका बिरामीलाई लक्षित गरी शाखा विस्तार गरिएको ढकालले बताए ।
बाथरोगले मुटु, मृगौला, मस्तिक लगायतका अंगमा असर गर्ने भएकोले त्यसलाई समयमै उपचार गर्नुपर्ने डा.रुपाल जोशीले बताए । उनका अनुसार बाथरोगका लक्षणमा हातका औंला दुख्ने, हातखुट्टा अफ्ठ्यारो हुने, गोलीगाँठा दुख्ने, ढाड अफ्ठ्यारो हुने, खुट्टाका वरिपरी रातो भएर टेक्न नहुने, घुँडा सुनिने लगायत समस्या देखा पर्छन् । काठमाडौंका २ वर्ष अघि खोलिएको उक्त अस्पतालले हालसम्म नेपालको कुल जनसंख्याको ० दशमलब १५ प्रतिशतलाई उपचार सेवा दिइसकेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए । नेपालमा करिब ४० लाख जना बाथरोगी रहेको हुन सक्ने एक अध्ययनले देखाएको छ । बाथरोग करिब एक सय प्रकारका हुन्छन् । चैत १२ र १३ मा बाथरोग भएकालाई निःशुल्क शिविर आयोजना गरिएको जनाइएको छ ।










Post a Comment

 
Top