गोल्डेन न्यूज संवाददाता
एचआइभी एड्स संक्रमित एकल महिला लक्ष्मी अधिकारी यतिवेला मख्ख छिन् । विगतमा समाजबाटै अपहेलित संक्रमित अधिकारी पुरुञ्चौर तल्लाकोट कुसुमस्थित आँकुरा केयर भिलेजमा सामाजिक अभियन्ता महेस गुरुङको पहलमा सोलार बत्तीले उज्यालो बन्यो, दुहुना भैसी गोठमा भित्रिएको मात्रै होइन फेवा बहुउद्देश्यीय सहकारीको वचत र व्याजको पासबुक हातमा थमौती भए पश्चात उनी मख्ख बनेकी हुन् ।
ठूलै आँटका साथ संक्रमित हुँ भन्ने सार्वजनिकीकरण गरे पश्चात समस्यै समस्यामा झेलिएकी लक्ष्मी अधिकारीलाई विहीबार एक कार्यक्रम बीच ६६ हजार ७२६ रुपैयाँको वचत र व्याजको पासबुक सामाजिक अभियन्ता महेस गुरुङ, फेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्मोहन गौचन, शिक्षासेवी समाजसेवी अशोक पालिखे लगायतले सामुहिक रुपमा अधिकारीलाई बचत र ब्याज बुक हस्तान्तरण गरिएको थियो ।
सामाजिक अभियन्ता महेश गुरुङले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत आँकुरा केयर भिलेजमा सोलार बत्ती जडान र दुहुना भैसी खरिद पश्चात वचत भएको ५२ हजार १११ रुपैया, फेवा बहुउद्देश्यीय वचत तथा ऋण सहकारीले ८ हजार, सँस्कृतिकर्मी बुद्धिमान धम्पु र उनको धर्मपत्नी भिमसरा दुराबाट १ हजार ६१०, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले १ हजार ५, फेवा बहुउद्देश्यीय सहकारीका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङले १ हजार, उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले १ हजार, सचिव तथा व्यवस्थापक हरिभक्त पौडेलले १ हजार र सञ्चालक सदस्य रामकाजी गुरुङले १ हजार गरी ६६ हजार ७२६ रुपैयाँ फेवा बहुउद्देश्यीय सहकारीमा वचत गरी पासबुक अधिकारीलाई हस्तान्तरण गरिएको हो । सहकारीमा खाता खोल्नु अघि सहयोगीहरुले उक्त रकम लक्ष्मी अधिकारीलाई सहयोग गरेका थिए । अभियन्ता महेश गुरुङको अभियानबाट बचत रकमसहित सहयोगीहरुको रकमबाट खाता खोलिएको थियो ।
उक्त खाता एड्स रोग नियन्त्रण संघका कास्की अध्यक्ष विश्वमोहन गौचनको अनिवार्य र सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्य र लक्ष्मी अधिकारी कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गरिएको छ । बचतबाट प्राप्त व्याजबाट आँकुरा केयर भिलेजमा रहेका संक्रमित ६ जना बालबालिकाको भरणपोषणमा सहयोग पुग्ने अभियन्ता महेश गुरुङले आँकुराका लागि थप सहयोगको खाँचो रहेको बताए ।
आँकुरा केयर भिलेजमा सोलार बत्ती, गोठमा दुहुना भैसी पश्चात सहकारीमा बचत समेत पासबुक ग्रहण पश्चात लक्ष्मी अधिकारीले अभियन्ता महेश गुरुङका साथै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले हिजो धपिएकी अधिकारी आज सहयोगीहरुकै सहयोगको थोपा थोपाले आँकुरा भिलेज बाँचको बताए ।
अधिकारीले एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचनकै आँट र भरोसामा सँस्था थामिएको भन्दै विश्व शाक्य, अशोक पालिखे, महेश गुरुङ आफ्नो लागि भगवान भएको बताइन ।
फेवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले लक्ष्मी अधिकारीको पीडालाई सबैले बुझेर सहयोग गर्नुपर्नेमा जोड दिंदै संक्रमित अधिकारीले भरखरै ब्याएको भैसीको व्यागुती खुवाएर बालपनको लेकमा गोठ बस्दाको स्मरण गराएको बताइन ।
पोखरा नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङले लक्ष्मी अधिकारीलाई आफुहरुको तर्फबाट सक्दो साथ रहने प्रतिवद्धता व्यक्त गरिन् ।
आँकुरा केयर भिलेजको संरक्षक समेत रहेका विश्वमोहन गौचनले आफ्नो छोरी लक्ष्मी अधिकारीले धेरै हण्डर खाएको छ उनलाई सहयोग जरुरी रहेको बताए । उनले संक्रमित बालबालिकाको संरक्षण केन्द्र आँकुरा केयर भिलेजमा बेला बेलामा पुग्न सहयोगीहरुलाई आग्रह गरे ।
एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा फेवा बहुउद्देश्यीय सहकारीको सभाहलमा आयोजित कार्यक्रममा फेवा सहकारीका बारेमा उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिएका थिए भने व्यवस्थापन हरिभक्त पौडेलले लक्ष्मी अधिकारी लगायत अतिथिहरुलाई खादा लगाई स्वागत गरेका थिए ।
Post a Comment