0
गोल्डेन न्यूज संवाददाता
नेपालको पाँच दिन भ्रमणमा रहेका वेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेविड ह्यारी मंगलवार पोखराको भ्रमण सकेर काठमाडांै फर्किएका छन् । पोखराको दीपमा रहेको वृट्रिस क्याम्पमा आयोजित एक कार्यक्रम र गोर्खा म्युजियमको अवलोकन गरेपछि डेविड ह्यारी काडमाडांै फर्किएका हुन् । अपरान्ह ११ वजेर १० मिनेट जाँदा वृट्रिस क्याम्प पसेका ह्यारीले क्यम्पभित्र झण्डै चार घण्टा बिताएका थिए । ह्यारीले सो अवधिमा भूतपूर्व गोर्खा सैनिकका उच्च तहका व्यक्तिसँग परामर्श गरेको वुझिएको छ । त्यसैगरी उनले लाहुरे डोको रेश अवलोकन गरेको पनि बताईएको छ । वृट्रिस क्याम्पमा पुग्ने लाहुरेका उच्च व्यक्ति र डोकोरेस प्रदर्शन गर्ने युवाहरुलाई ह्यारी आउन अगाडि नै क्याम्ममा छिराईएको थियो ।
उनी दिउसो ३ वजे क्याम्पवाट निस्केका थिए । सोमबार लम्जुङको गौंडा गाविस स्थित लेउरानीमा वास वसेका ह्यारी नेपाली सेनाको विषेश हेलिकोप्टर मार्फत मंगलवार विहान ठिक पौने ११ बजे पोखरा विमानस्थलमा अवतरण गरेका थिए । पोखरा विमानस्थलमा अवतरण भएसँगै ह्यारी सिधै वृट्रिस क्याम्पका गाडी प्रयोग गर्दै पोखराको दीपमा रहेको क्याम्पमा पुगेका थिए । पोखरामा वेलायती राजकुमार आउने भएपछि कास्कीको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कडा सुरक्षाका साथ क्याम्प पसेका ह्यारी कडा सुरक्षाका बीच विमानस्थल पुगेका थिए ।
नेपाल र वेलायत वीच कुटनीतिक सम्वन्ध स्थापना भएको २ सयौं वर्ष गाँठको अवसर पारेर वेलायतकी महारानीका प्रतिनिधीको रुपमा ह्यारी नेपालमा आएका थिए । ह्यारीले पाँच दिनको नेपाल वसाईमा काभ्रे, वर्दिया राष्ट्रिय निकुञ्ज, लम्जुङको होमस्टे र पोखराको वृट्रिस क्याम्प र गोर्खा म्युजियम अवलोकन गरेर फर्किएका छन् ।
पोखरामा बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिडसँगको प्रत्यक्ष भलाकुसारीबाट अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका परिवारजन हर्षित भएका छन् । लामाचौरस्थित ‘गोर्खा ब्रिटिस क्याम्प’ पुगेर अफगानिस्तानमा मारिएका बेलायती गोर्खाली सेनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ह्यारीले गोर्खा सैनिकका परिवाजनसँग भलाकुसारी गरेका थिए । अफगानिस्तानको युद्धमा आफ्नो छोरा गुमाएकी उदयपुरकी रेनुका राईले राजकुमार ह्यारीसँग प्रत्यक्ष भेट्न पाउँदा आफू निकै हर्षित बनेको बताए । अफगानिस्तानको युद्धमा आफ्नो छोरा रेमन्द खुलुन्द राईको ज्यान गुमाएको बताउँदै उनले ह्यारीसँगको भेटमा आफूले सो कुरा अवगत गराएका थिए ।
“छोराको मृत्युपछि बुहारी अर्कैसँग विवाह गरेका कारण आफ्नो छोराले पाएको ‘मेडल’ आमाका नाताले आफूले नै राख्न पाउनुपर्ने र निवृत्तिभरणको अधिकार पनि आफूले पाउनुपर्ने जस्ता विषयमा बिन्तीपत्र चढाएको छु,” राईले भने । अफगान युद्धमा ज्यान गुमाएका खोटाङ निवासी युवराज राईका ७५ वर्षीय खड्गबहादुर राई पनि ह्यारीसँग प्रत्यक्ष भेट गर्न पाउँदा निकै खुसी भए । बेलायती सेनामा भर्ना भएको आठ वर्षमा युद्धमा ज्यान गुमाएका राईको ७२ वर्षीय आमा इन्द्रदेवी राईले पनि ह्यारीसँग भेटेर सन्तोष माने । भेटमा राजकुमार ह्यारीले गोर्खा सैनिकका परिवारका सदस्यको दिनचर्यालगायत विषयमा चासो दिएर जानकारी लिएका थिए ।
अफगानिस्तानमा ११ गोर्खा सैनिकले वीरगति प्राप्त गरेका थिए । वीरगति प्राप्त गर्नेमा युवराज राई, कृष्णप्रसाद दुरा, कुमार पुन, अर्जुन पुन, रेमन्द खुलुङ, ईश्वर गुरुङ, सुरज गुरुङ, सुरज लिम्वु, सचिन लिम्वु, गजेन्द्र गुरुङ र सिद्धार्थ गुरुङ थिए । ह्यारीलाई भेट्ने ९३ वर्षीय कर्णेल जेपी क्रसले ३५ वर्ष अघि ह्यारीका बुबाको नेपाल भ्रमणको ‘कमाण्डिङ’ गरेको स्मरण गर्दै साढे तीन दशकपछि राजकुमारलाई भेट्न पाउँदा आफूलाई खुसी लागेको सुनाए ।
आफूले लेखेको एक पुस्तक राजकुमार ह्यारीलाई दिनसमेत भ्याएको उल्लेख गर्दै उनले भने,– “ह्यारी त अग्लो र ठूलो जीउको हुनुहुँदो रहेछ ।” ह्यारीलाई भेटेका रेजिमेन्टल एशोसिएशन नेपालका अध्यक्ष कास्कीका सेनानी भीमबहादुर गुरुङले एशोसिएसनका तर्फबाट आफूहरुले ह्यारीलाई भेट्ने अवसर पाएको बताए । उनले भने, “राजकुमार आफै अफगानिस्तानमा बस्दा गोर्खालीसँग निकै नजिक हुनुहुन्थ्यो ।” 
एशोसिएशनका महासचिव बालकृष्ण रानाले अफगानिस्तान र इराकको ‘अपे्रसन ह्यारिक’मा वीरगति प्राप्त गर्ने गोर्खा सैनिकका आफन्तलाई सहानुभूति प्रकट गर्न र वीर गोर्खा सैनिकको सम्मानका लागि ह्यारी पोखरा आएका जानकारी दिए । रानाले भने,–“ह्यारी गोर्खालीको वीरता र कुशलताबाट निकै प्रभावित हुनुभयो ।” पोखरा विमानस्थल झर्नुभएका ह्यारीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायत अधिकारीले स्वागत गरेका थिए । ह्यारी आउने खबर सुनेका धेरै स्थानीयवासीले पोखरा विमानस्थलबाट बिट्रिस क्याम्पसम्म जाँदा ‘हाई ह्यारी’ भन्दै स्वागत गरिरहेका थिए भने फर्कदा ‘वाई ह्यारी’ भन्दै हात हल्लाएका थिए ।
यसैगरी बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्वब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई ‘मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गरेका छन् । समाज सेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा सेनालाई प्रदान गरिने सो उच्च पदक क्या थापाले समाजसेवाका क्षेत्रमा प्राप्त गरेका हुन् । नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले महारानीका बक्स भएको सो पदक क्या थापालाई ब्रिटिस गोर्खा नेपालको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदान गरे । 
गोर्खा वेल्फेयर स्कीम कार्यक्रमअन्तर्गत क्या थापाले प्राविधिज्ञ भई करिब १९ वर्ष समाजसेवा गरेका थिए । यस क्रममा उनले सो स्कीमअन्तर्गत ग्रामीण क्षेत्रमा ७४ विद्यालय र ४५ हजार घरधुरीका करिब दुई लाख ७५ हजार जनतालाई ९०० योजनामार्फत पिउने पानीको उपलब्धता पु¥याएका थिए । राजकुमार ह्यारीबाट पदक ग्रहणपश्चात् क्या थापाले आफूले गरेका समाजसेवालाई बेलायती महारानीबाट कदर भएकामा खुसी व्यक्त गरे ।







Post a Comment

 
Top