0
विष्णुहरि पौडेल
उपराष्ट्रपति नन्दकिशोर पुन शुक्रवार लेखनाथ २ रिठ्ठेपानी आइपुगेका छन् । पोखरा रंगाशालमा आयोजित पोर्क फेष्टिवलको उद्घाटन पश्चात् लेखनाथ २ रिठ्ठेपानीमा रेहको पोखरा लाइभ स्टक प्रालीको फर्म अवलोकनका लागि उनी रिठ्ठेपानी पुगेका हुन् ।  लाइभ स्टक अवलोकनका क्रममा पुनले  व्यवसायीक रुपले मासुमा शुद्धता दिँदै फर्मलाई व्यवस्थित बनाउन सकेकोमा सञ्चालकको प्रशंसा गरेका थिए ।
उक्त अवसरमा पाखरा लाईभ स्टक प्रालिका सञ्चालक क्षम बहादुर थापाले फर्मका गतिविधि वारे प्रकाश पारेका थिए । उपराष्ट्रपति रिठ्ठेपानी आउने भएपछि शुरुमा चकित भएका स्थानीयले तुरुन्त समाजसेवीहरु सु. जगवहादुर गुरुङ र ल्याप्टेन धन बहादुर गुरुङको सक्रियतामा रिठ्ठेपानीमा रहेका आमा समूह भूपू सैनिक क्लव तथा युवा क्लवले संयुक्त रुपमा स्वागत कार्यक्रमको आयोजना गरेका थिए । उपराष्ट्रपति पुनसहितको टोलीले लाईभ स्टक अवलोकन पश्चात स्थानीयको स्वागत ग्रहण गरेको थियो ।
वि.सं.२०६२ सालमा स्थापित लाइभ स्टक प्रालिले गुणस्तरीय मासु विक्रीवितरण गर्नुका साथै वार्षिक रुपमा ३ हजार ६ सय बंगुरका पाठापाठी उत्पादन समेत गर्दै आएको छ । हाल फर्ममा १९ कर्मचारी कार्यरत रहेका छन् ।

Post a Comment

 
Top