प्रधानमन्त्री केपी ओलीले नेपाललाई ‘वन बेल्ट वन रोड’ को अभियानमा नेपाल समावेश हुने बताएका छन् । अभियान अन्तरगतको मार्गमा नेपाल नपरे पनि पहल गरिएमा चीनले राख्न सक्ने र त्यही मार्फत त्रिदेशीय सहकार्य अघि बढाउने लक्ष्य प्रधानमन्त्रीको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘साझा गन्तब्यको समुदाय’ भन्ने नारालाई यो अभियानले साथ दिने समेत उल्लेख गर्दै त्यसको लागि धेरै असजिला बाटा काट्नुपर्ने उल्लेख गरे । चिनियाँ राष्ट्रपतिको यो अभियानलाई स्वागत र प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एक पेटी एक सडक’ अभियानले यस क्षेत्रको सम्भावनाको सहकार्य गर्ने ढोका खोल्नेछ ।
भूबनोटका कारण सिर्जित अवरोधलाई उक्त अवधारणाले सहज पार्ने समेत उनले बताएका छन । चीनको औपचारिक भ्रमणमा रहेको ओलीले बेइजिङस्थित रेनमिन विश्वविद्यालयमा मंगलबार आयोजित ‘वान बेल्ट–वान रोड इनिसिएटिभ्स’ (एकपेटी एक सडक अभियान) विषयमा सम्वोधन गर्दै त्यस्तो धारणा ब्यक्त गरेका हुन । नेपाल चीन कूटनीति सम्वन्ध स्थापना भएको ६० औं बर्षगाठ मनाए लगत्तै भएको यो भ्रमणले नेपाल चीन सम्वन्धलाई थप उचाईमा लगेको दावी समेत गरेका छन् । उनले विगतका ती मित्रतापूर्ण वर्ष र दशकहरुमा सँगै मिलेर अवसरहरु पहिल्याएको र त्यसका साझा आकांक्षालाई मूर्त रुप दिन प्रतिबद्धता गर्दै सहयोग आदन प्रदानमा जोड दिए । एक पेटी एक सडक समृद्धिको सहयोगात्मक आयामहरु भेटाउने, साझा सरोकारलाई सम्वोधन गर्ने र सहयोगलाई गहिरो बनाउने सम्पर्क स्थापित गर्ने हाम्रा सम्भाव्यताहरुको मुख्य ढोका खोल्ने मुख्य कदमको रुपमा उनले चित्रण गरे । उनले उक्त सम्वोधनमा नेपाल र चीन बीचको सम्वन्ध कहिल्यै तलमाथि नरहेको र समान धारणा र एकअर्काको सम्मानमा अघि बढेको बताए । नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यो व्यवहारमा लागू गर्दै यहाँसम्म आइपुगेको पनि बताए । उनले यसअघिको सरकारले अवलम्वन गरेको छिमेक पहिलो नीतिलाई नै निरन्तरता दिदै भने,‘छिमेकबाट नै नेपालको कूटनीति सम्वन्ध अघि बढ्छ । नेपालले दुवै छिमेकलाई उत्तिकै महत्व र सम्मान गरेको छ । सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलता प्रतिको आदरबाट दुई मुलुकको स्थिर मित्रता निर्दे्शित छ ।’
नेपालको सार्वभौकिता प्रति चीनले ब्यक्त गरेको सम्मान र साथलाई उनले मुक्तमण्ठले प्रशंसा गदै भने, ‘हाम्रा दुई मुलुक सुख र दुस्खका बेलाका सदाबहार मित्र हुन् ।’ दुई मुलुकको विकासमा मारेको फडो प्रति हामी नतमस्तक छौ भन्दै साथ र सहयोगमा नेपाल पनि विकतिस हुदै अघि बढ्न खोजिरहेको बताए । राजनीति स्थिरता कायम रहेको अवस्थामा उनले त्यसमा जोड दिएका हुन् । उनले नेपालमा लगानी गर्ने अवस्था श्रृजना भएकोले सबेलाई लगानीको लागि आग्रह गरे ।
नेपाल एक अल्पविकसित मुलुक रहेको भएपनि यसमा सम्भावना धेरै रहेको उल्लेख गर्दै चुनौतिको समाना गर्दै नेपाल अघि बढिरहेको र त्यसमा साथ दिन चीनलाई उनले पटक पटक आग्रह गरे । लगानी अभिवृद्धि, स्रोत उपयोग, प्रविधि र नवीन रणनीतिहरुको विकासमा छिमेकीको साथ र सहयोगको जरुरी रहेको पनि उनले बताए । लगानीले मुलुकको बाध्यतालाई सहज बनाइदिनेछ, स्रोतले उत्पादनशील आधार खडा गर्ने छ र प्रविधिले विकासलाई गतिवान बनाइदिनेछ, ’ उनको बक्तब्यमा उल्लेख छ ।
जलस्रोत उत्पादन र कृषिको आधुनिकीकरणमा मुलुक अघि बढ्न लागेको अवस्थामा त्यसको लागि सबेलाई लगानीको आग्रह उनले गरे । नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाहरुका लागि चीनबाट आएको सहयोगले निकै सहजता दिएको पनि अनय अवस्थामा यो अघि बढ्न नसकेको पनि बताए । उनले नेपाली विद्यार्थीहरु चीनमा उच्चशिक्षा हासिलको लागि आइरहको उल्लेख गर्दै यसबाट दुईपक्षिय सम्वन्ध जनस्तरमा विकास हुदै जाने उल्लेख गरे । यसलगत्तै उनले चिनिया ब्यापारी तथा ठूला उद्यमीहरुलाई समेत सम्वोधन गरेका थिए ।
त्यहाँ उनले चीनले आफ्नो मुलुकको विकासमा चमत्कार गरेको भन्दै यहाको ठूला ब्यपारीलाई नेपाल स्वागत गर्न आतुर रहेको बताए । उनले सिल्करोडको अभियान, लगानी बैंक लगायतको विषयमा चीन अघि बढेको बताउदै नेपालले पनि लगानी कर्तालाई भिसा सरलीकरण तथा लगानी सुरक्षामा ध्यान दिएर अघि बढ्न लागेको बताए । नेपालको जलस्रोत, पर्यटन पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न आग्रह गरे । नेपाल यतिबेला लगानी मैत्री छ । सस्तो कामदार, सुरक्षीत लगानीको स्थानलगायतमा उनलो जोड दिदै नेपाल तर्फ बहुराष्ट्रिय कम्पनीको लगानीमा जोड दिए । राजनीतिक स्थिरता तर्फ मुलुक उन्मुख रहेको भन्दै नेपालको विकासमा सहयात्री रहन र आफनो लगानीको ‘रिर्टन’ लिनको लागि पनि नेपालमा लगानी गर्न उनले पटक पटक आग्रह गरे । उपस्थित समुदायले नेपालको पछिल्लो अवस्थाको बारेमा जिज्ञासा राख्दै जलस्रोतमा लगानीको विषयमा बढि चासो देखाएका थिए ।
नेपाल सांघाई कोअपरेसनको डाइलग पार्टन ः सांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) को डायलग पार्टनरको औपचाकिर सदस्यता पाएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा डाएलग पार्टनर सदस्य नेपाल भएको समझदारी पत्रमा मंगलबार बेइजिङमा हस्ताक्षर भएको हो । क्षेत्रिय विकासको अवधारणामा स्थापित सो संगठनको कार्यालयमा नेपाल सो संगठनको डायलग पार्टनर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र एससीओ को तर्फबाट महासिचव रसिद के अलिमोभले हस्ताक्षर गरेका हुन् । त्यो सहकार्यले नेपालमा लगानी देखी अन्य साझा काममा सहयोग पुग्ने विश्वा गरिएको छ । शक्तिशाली र उदयमान मुलुकहरुको उक्त संगठनमा नेपालले प्रवेश पाउने निर्णय २०१५ को जुलाईमा रुसको उफामा सम्पन्न सम्मेलनमा तय भएको थियो । त्यो सम्मेलनले भारत र पाकिस्तानलाई सदस्य बनाएको थियो भने नेपाललाई डाइलग पार्टनर बनाउने निर्णय लिएको थियो । यसमा चीन, रुस, ताजकिस्तान लगायतको मुलकहरु सदस्य छन् ।
Post a Comment