0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले बुधबार कास्की जिल्लाको क्षेत्र नं. ४ अन्तर्गत लुम्लेमा भेला सम्पन्न गरेको छ । हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए । कार्यक्रममा बोल्दै भेलाका क्षेत्र नं. ४ का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलुले राज संस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपा नेपाल सँधै लडिरहने बताए । उनले म गैर हिन्दु भएर पनि हिन्दुराष्ट्रको पक्षमा लडिरहेको बताउँदै तपाईहरुले किन हिन्दु राष्ट्रको विरुद्धमा वकालत गर्न हिचकिचाउनु भएको छ भनि प्रश्न गरे । कार्यक्रममा अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराई, भीमसेन गुरुङ्ग, रोमबहादुर भण्डारी, जिल्ला अध्यक्ष जयलाल पुन, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, जीवन कुँवर, बरुणबिक्रण राणा, रञ्जना सेन पौडेल, विन्दु राणा, रामेश्वर कोइराला, पूर्ण गुरुङ्ग, सुशीला वाग्ले, मोतिमान शाक्य लगायतले बोलेका थिए । उक्त अवसरमा राष्ट्रिय युवा मोर्चा र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन गठन गरिएको मोर्चाका केन्द्रीय सदस्य शमशेर गुरुङ्गले जानकारी दिए । साथै चन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा २१ सदस्यीय गाउँ इकाई समिति गठन गरिएको थियो । कार्यक्रमको संचालन क्षेत्रीय सचिव तीर्थराज सुवेदीले गरेका थिए।










Post a Comment

 
Top